वीरगञ्जमा हैंजा संक्रमण : विद्यालय तीन दिनका लागि बन्द

nepaltathya_news nepaltathya_news
|
शनिबार, भाद्र १४, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • १४ भदौ, वीरगञ्ज ।
  • वीरगञ्ज महानगरपालिकाभित्र हैंजाको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ ।
  • महानगरपालिकाले बढ्दो स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै भदौ १५ गतेदेखि १७ गतेसम्म विद्यालयहरू बन्द गर्ने घोषणा गरेको हो ।

१४ भदौ, वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिकाभित्र हैंजाको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ । महानगरपालिकाले बढ्दो स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै भदौ १५ गतेदेखि १७ गतेसम्म विद्यालयहरू बन्द गर्ने घोषणा गरेको हो । हैंजाको संक्रमण नियन्त्रणमा लिन र थप जोखिम रोक्न महानगरपालिकाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

विद्यार्थीहरूलाई भीडभाड हुने स्थानमा नजान, व्यक्तिगत सरसफाइमा ध्यान दिन र मात्र सुरक्षित तथा शुद्ध खानेपानी प्रयोग गर्न अनुरोध गरिएको छ । यससँगै, महानगरपालिकाले अभिभावक तथा विद्यालय व्यवस्थापनलाई बालबालिकाको सुरक्षामा आवश्यक सहयोग गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत प्राधिकरणमा खुल्यो १ हजार ८३ जनालाई रोजगारी
सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा
नियन्त्रणमा आयो मखन टोलको आगलागी
स्वास्थ्य मन्त्रीलाई हर्कको प्रश्न : कार्यकर्ताको भवनलाई तीन करोड दिनेले सिटी अस्पताललाई कति दिन्छौँ ?
जीर्ण आयोजनाको ठेक्का तोडिने, संसद भवन पुसभित्रै सक्नुपर्ने
बङ्गलादेशमा बाढीले ५९ जनाको मृत्यु, हजारौँ घरबारविहीन
बुटवल उपमहानगरको बजेट तीन अर्ब ३६ करोडबढी
विमानस्थल भन्सारमा सशस्त्र राखेपछि रिसायो नेपाल प्रहरी
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा
डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए