आइएमईले दियो विजेता रोकायालाई एक करोड पुरस्कार

nepaltathya_news nepaltathya_news
|
शनिबार, पौष १३, २०८१
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  •   १३ पुस, काठमाडौं ।
  • विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमीला रोकायालाई आइएमई ग्रुपले चेक हस्तान्तरण गरेको छ ।
  • जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई १ करोडको चेक हस्तान्तरण गरिएको हो ।

 

१३ पुस, काठमाडौं । विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमीला रोकायालाई आइएमई ग्रुपले चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई १ करोडको चेक हस्तान्तरण गरिएको हो ।

कैलालीको गोदावरी नगरपालिका– ९ स्थित बल्मी टोलकी रोकायलाई शनिवार कैलाली पुगेर ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका हुन । चेक बुझेपछि प्रमिलाले आइएमईमार्फत रकम पठाउँदा प्राप्त भएको रकमबाट बुबा आमाका लागि घर बनाइदिने योजना बनाएको उनले बताइन । गत असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाण्डौंमा सार्वजनिक लक्की ड्र मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमीला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएकी थिइन ।

आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम–रेमिटेन्समार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट गरिएको हो । आइएमईले एक वर्ष अघि विदेशमा कमाएको रकम औपचारिक माध्यम–आइएमई गरी रकम पठाउने सेवाग्राहीहरूमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो ।

सँगसँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गर्दै आएका थिए । आइएमई गरी आइएमई पे वालेट, बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन पाउने छन । आइएमईले  वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो अफर ल्याएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फुटेको एक्टोपिक गर्भावस्थाको जटिल शल्यक्रियाबाट जोगियो महिलाको ज्यान
पिपरा गाउँपालिकामा इन्धनको नाममा “ब्रम्हलुट” एक वर्षमा ४० लाखको इन्धन
२ अर्ब ९२ करोड लगानी गर्दै नेपाल राष्ट्र बैंकः प्रश्ताव पठाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान
सांघाई शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले गरे सम्बोधन
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषण वैशाख १७ गते
मधेशका मुख्यमन्त्री सिंहलाई राजीनामा दिन सीके राउतको निर्देशन
तोलामा दुई हजारले घट्यो सुनको मूल्य
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
स्वास्थ्यमन्त्री पौडेलको गुनासोः सरकारले जनशक्ति स्वीकृति दिँदैन, डाक्टर रमाना बुझ्दै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?