आफूले आर्जन गरेको ज्ञान र सीप जनताको हितमा समर्पित गरौँ : राष्ट्रपति

nepaltathya_news nepaltathya_news
|
बुधबार, श्रावण १६, २०८१
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  •   १६ साउन,काठमाडौं ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजान सके मात्र अग्रजहरूले परिकल्पना गरेको लक्ष्यमा पुग्न सकिने बताएका छन् ।
  • डा.

 

१६ साउन,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजान सके मात्र अग्रजहरूले परिकल्पना गरेको लक्ष्यमा पुग्न सकिने बताएका छन् ।

डा.डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालय विकास समितिद्वारा बुधवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आर्जन गरेको अनुभव, ज्ञान, सीप, क्षमता र योग्यता देश र जनताको सर्वोत्तम हितका लागि केन्द्रित र समर्पित गर्नुपर्ने बताए  । उनले सुशासन, विकास र समृद्धि हाम्रो राष्ट्रिय अठोट र प्रतिबद्धता हुनुपर्ने बताए । राष्ट्रपति पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा ऐतिहासिक भूमिका निर्वाह गरेका डा. रेग्मीको व्यक्तित्व बहु आयामिक भएको चर्चा गरे।

राष्ट्रपति पौडेलले अंग्रेजी भाषामा नेपालको इतिहास लेखेर नेपाललाई संसारमा चिनाउन रेग्मीले दिएको योगदानको स्मरण गरे । कार्यक्रममा यस वर्षको एक लाख राशिको डिल्लीरमण रेग्मी राष्ट्रिय पुरस्कार नेपालका पाका तथा प्रतिष्ठित पत्रकार भैरव रिसाललाई तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई प्रदान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
एनसेलको सेयर बिक्रीविरुद्ध सांसद अमरेशकुमार सिंहको रिट निवेदन रेग्मीको इजलासमा
सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न सात सदस्यीय समिति
गण्डकीबाट सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित
अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन
विदेशी हस्तक्षेपविरुद्ध सात राजनीतिक दलले काठमाडौँमा विरोध प्रदर्शन गर्दै
नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या, डीआईजी सहितकाे टाेली घटनास्थलमा
मकवानपुर १ मा रास्वपाका प्रकाश गौतमको विजयीपछिको खुशीयाली
आजको फलफूल तथा तरकारीको मूल्यसूची