त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त

nepaltathya_news nepaltathya_news
|
बुधबार, आषाढ २५, २०८२
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • २५ असार, काठमाडौं ।
  • त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त भएका छन्।
  •  शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले प्राध्यापक दिपक अर्याल, खड्ग केसी र प्राडा विनिल अर्यालको नाम सिफारिस गरेको थियो।

२५ असार, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त भएका छन्। शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले प्राध्यापक दिपक अर्याल, खड्ग केसी र प्राडा विनिल अर्यालको नाम सिफारिस गरेको थियो।

सिफारिस भएका तीनमध्ये अर्याललाई कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका हुन्।   उपकुलपति नियुक्त भएका अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन्।  त्रिविमा गत चैत १५ गतेदेखि उपकुलपति पद रिक्त थियो। केशरजंग बरालले उपकुलपति पदबाट राजीनामा दिएपछि खड्ग केसीलाई कार्यवाहक तोकिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?