वीरगञ्ज भन्सारबाट लक्ष्य अनुसार उठेन राजस्व

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर २१, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   २१ मंसिर, वीरगञ्ज ।
  • वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा ४९ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
  • कार्यालयलाई यो अवधिमा ७० अर्ब ४४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य भन्सार विभागले निर्धारण गरेको थियो ।

 

२१ मंसिर, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा ४९ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयलाई यो अवधिमा ७० अर्ब ४४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य भन्सार विभागले निर्धारण गरेको थियो ।

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार असोज र कात्तिकमा धेरै सार्वजनिक बिदा भएकाले लक्ष्य प्राप्त गर्न कठिन भएको हो । यो कार्यालयमा ७० प्रतिशत राजस्व पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र सवारीसाधन आयातबाट प्राप्त हुने गरेको छ। कार्यालयले गत साउनमा १२ अर्ब १६ करोड, भदौमा १३ अर्ब २३ करोड, असोजमा १३ अर्ब ४७ करोड र कात्तिकमा ११ अर्ब चार करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । गत आवको सोही अवधिमा ४९ अर्ब १८ करोड ३२ लाख ४३ संकलन भएको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस र लुम्बिनीबाहेक ५ प्रदेशमा आज भारी वर्षाको सम्भावना
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
विरोधकै बीच नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी
५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु
सिनामंगलमा असईले गरे ४ महिने छोराको ह*त्या, प्रहरी जवान श्रीमती पनि घाइते
राप्रपा निर्वाचन क्षेत्र नम्बर १ मकवानपुरको दोस्रो क्षेत्रीय अधिवेशन सुरु
बालकुमारी घटनाबारे प्रधानमन्त्रीले सत्ता गठबन्धनमा छलफल गर्दै
शिव सेना नेपालका अध्यक्ष बस्नेतविरुद्ध २ दिन म्याद थप
२२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ को मृत्यु
बाँफीकोटका प्रमुख प्रशासकीय अधिकृत ओलीविरुद्ध भ्रष्टाचार मुद्दा