प्रधानमन्त्रीले देउवा र ओलीसँग गरे छलफल

nepaltathya_news nepaltathya_news
|
बुधबार, कार्तिक १५, २०८०
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • १५ कार्तिक, काठमाडौं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।
  • संक्रमणकालीन न्यायको विषयमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले बिहान बालुवाटारमा देउवा र ओलीसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

१५ कार्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

संक्रमणकालीन न्यायको विषयमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले बिहान बालुवाटारमा देउवा र ओलीसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउने विषयमा छलफल केन्द्रित भएको बताइएको छ । यसअघि पनि प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग भेटेर शान्ति प्रक्रियामा सहमति जुटाउने प्रयास गर्दै आइरहेका छन् । तर, ओलीले आफ्नो कारणले नभई प्रधानमन्त्री प्रचण्डकै कारणले अझै शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन नसकेको आरोप लगाउँदै आएका छन् ।

नेपाल भ्रमणमा रहेका बेला राष्ट्रसंघका महासचिव गुटेरेसले शान्ति प्रक्रियाको बाँकी काम चाँडै टुंग्याउन दलका शीर्ष नेताहरूलाई भेटेर आग्रह गरेका थिए । मंगलबार संयुक्त सदनलाई सम्बोधन गर्दै पनि पीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन उनले दलहरूलाई सुझाव दिएका थिए । शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयलाई राजनीतिक दलहरुले सत्ता स्वार्थको लागि आफूअनुकुल अडान राख्दै आएकाले अहिले समितिमा रोकिएको छ ।

कानून न्याय तथा मानव अधिकार समिति बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमा सहमति जुटाउन यसअघि नै असफल भइसकेको छ । कानून समितिले ११ सदस्यीय उपसमिति गठन गरेर यो विधेयकलाई निष्कर्षमा पुर्‍याउन भनेको थियो । तर, उपसमितिले अपूरो प्रतिवेदन समितिलाई बुझाएको छ । उपसमितिले पनि सहमति जुटाउन नसकेपछि अहिले सहमति खोज्नको लागि प्रधानमन्त्री प्रचण्डले देउवा र ओलीसँग गृहकार्य गरिरहेका छन् । अल्झिरहेको शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन नसकेपछि अहिले अन्तर्राष्ट्रिय समुदायले पनि दबाब बढाउँदै लगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिकार गर्न हिँडेका २ जना भरुवा बन्दुकसहित पक्राउ, १ जना फरार
युवाको चौतर्फी विकासमा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री
राजेश हमालको निर्देशनमा फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा
फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै कौडेना गाउँपालिका
रौतहटमा पोखरीमा डुबेर महिलाको मृत्यु
सर्लाहीको मलंगवामा कर्फ्यूको समय घटाइयो
वीरगन्जमा सीसीटीभी जडानका लागि बैंकले गरे १७ लाख ७५ हजार सहयोग
‘मोबाईल ग्यारेज’ एप सार्वजनिक, सवारी मर्मत अब सजिलो
आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त