सिनामंगलमा असईले गरे ४ महिने छोराको ह*त्या, प्रहरी जवान श्रीमती पनि घाइते

nepaltathya_news nepaltathya_news
|
सोमबार, मंसिर २२, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २२ मंसिर, काठमाडौं ।
  • सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् ।
  • छोरा हत्याको आरोपमा असई पुष्कर कार्की पक्राउ गरेका छन् ।

२२ मंसिर, काठमाडौं ।

सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई पुष्कर कार्की पक्राउ गरेका छन् । हत्या गरेर भागेको अवस्थामा नागढुंगाबाट असई कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । उनलाई परिसरको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

कार्कीले आइतबार दिउँसो सिनामंगलस्थित आफ्नो डेरा कोठामा घाँटी थिचेर हत्या गरेको पाइएको प्रहरीले बताएको छ । ब्रेन ट्युमरको उपचार गराइरहेका छोराको उपचारका क्रममा श्रीमती कृष्णा कुँवरसँग पुष्करको विवाद भएको थियो । त्यसपछि उनले छोराको हत्या गरेको प्रहरीले बताएको छ । पुष्करकी श्रीमती कृष्णा पनि प्रहरी जवान हुन् । दुवै जना काठमाडौंस्थित विमानस्थलमा कार्यरत छन् । श्रीमतीलाई समेत कुटपिट गरेर घाइते बनाएकाले अहिले कृष्णालाई उपचारका लागि महाराजञ्जस्थित नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितुवाको आक्रमणबाट बाजुरामा बालकको मृत्यु
नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा सुदिप घिमिरे निर्वाचित
पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले दिए राजीनामा
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता हुँदैनः बाबुराम भट्टराई
निर्माण व्यवसायी संघको ‘क ‘ वर्गको सदस्यमा यादव निर्विरोध निर्वाचित
एमाले धादिङको अधिवेशन १ फागुनबाट सुरु हुने
आज सुनचाँदीको मूल्य सामान्य घट्यो
पर्सा गाउँपालिकाको १५औ गाउसभा सप्पन्न, ३४ करोड ३१ लाखको बजेट प्रस्तुत
त्रिवि शिक्षण अस्पतालले माग्यो ३२ जना नर्स (विज्ञापनसहित)
गौर हत्याकाण्डबारे छानबिन गर्न सर्वोच्चको आदेश