जेनजीको प्रदर्शनमा घाइते भएकालाई सरकारले नि :शुल्क उपचार गर्ने

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र २३, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २३ भदौ, काठमाडौं।
  • जेनजीको प्रदर्शनमा घाइते भएकालाई सरकारले नि :शुल्क उपचार गर्ने भएको छ ।
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते भएका नागरिकको ज्यान बचाउने जुनसुकै पनि उपचार निःशुल्क गर्न मातहतका सबै संघीय अस्पतालहरूलाई सर्कुलर गरेको हो।

२३ भदौ, काठमाडौं।

जेनजीको प्रदर्शनमा घाइते भएकालाई सरकारले नि :शुल्क उपचार गर्ने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते भएका नागरिकको ज्यान बचाउने जुनसुकै पनि उपचार निःशुल्क गर्न मातहतका सबै संघीय अस्पतालहरूलाई सर्कुलर गरेको हो। स्वास्थ्य तथा जनसख्या मन्त्री पौडेलको अग्रसरतामा मन्त्रालयले संघीय अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी सिघ्र उपचारको व्यवस्था गर्न भनिएको छ ।

यसैगरी, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ । काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पातलमा लिएर जान सहजीकरणका लागि समेत आह्वान गरेको छ । साथै, सम्पूर्ण चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूलाई एकजुट भई घाइतेको उपचारमा जुट्न पनि मन्त्रालयले आह्वान गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सदनमा उठेका विषयबारे जवाफ दिन सरकारलाई सभामुखको ‘रुलिङ’
हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद
नेपालको मुद्दाबारे ओली- अख्तियार प्रयोग हुन संस्था होइन
प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी घिमिरेलाई
कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हलमै गर्नुपर्ने
खोकीको औषधि सेवनमा सचेत रहन विभागको अनुरोध
सूर्यदर्शन सहकारी ठगी : रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन
नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट
मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, पुस ४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने
थाइल्यान्ड आइपुगे प्रधानमन्त्री ओली