बाँफीकोटका प्रमुख प्रशासकीय अधिकृत ओलीविरुद्ध भ्रष्टाचार मुद्दा

nepaltathya_news nepaltathya_news
|
बुधबार, जेठ ७, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ७ जेठ, काठमाडौं ।
  • सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसहित चारजनाविरुद्ध मुद्दा दायर गरिएको छ।
  • बाँफीकोट गाउँपालिका–२ मा पीपलकाँडा मेलगौरी सडक खण्ड निर्माण योजनामा अनियमितता गरेको अभियोगमा ओलीसहित प्राविधिक दलबहादुर ओली, लेखापाल महेन्द्र शर्मा र मालिका बस्नेत निर्माण सेवा छेडागाड, जाजरकोट र सोका प्रोपाइटर शान्तबहादुर बस्नेतविरुद्ध मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान दुरुपयोग आयोगले बुधबार जनाएको छ।

 

७ जेठ, काठमाडौं ।

सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसहित चारजनाविरुद्ध मुद्दा दायर गरिएको छ। बाँफीकोट गाउँपालिका–२ मा पीपलकाँडा मेलगौरी सडक खण्ड निर्माण योजनामा अनियमितता गरेको अभियोगमा ओलीसहित प्राविधिक दलबहादुर ओली, लेखापाल महेन्द्र शर्मा र मालिका बस्नेत निर्माण सेवा छेडागाड, जाजरकोट र सोका प्रोपाइटर शान्तबहादुर बस्नेतविरुद्ध मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान दुरुपयोग आयोगले बुधबार जनाएको छ।

आव २०७९/८० मा उक्त सडक निर्माण योजनाका लागि संघीय सरकारबाट प्राप्त रकममध्येबाट लागत अनुमान भ्याटसहित एक करोड ९९ लाख ८२ हजार ७९३रुपैयाँ कायम भएको उक्त योजना सञ्चालनका लागि बाँफिकोट गाउँपालिका, रुकुम पश्चिम र मालिका बस्नेत निर्माण सेवा छेडागाड, जाजरकोट बीच ७७ लाख ४४ हजार ५७० रुपैयाँमा सम्झौता भएको थियो। निर्माण कार्य फिल्ड प्रतिवेदनअनुसार फिल्डमा २९०० मिटर मात्र बाटो निर्माण भएकोमा नापी किताबमा ३७०० मिटर उल्लेख गरी फिल्डमा भएको कामभन्दा बढी सड्क निर्माण भएको भनी निर्धारित मापदण्डविपरीत भएको निर्माण कार्यलाई लुकाइ छिपाइ झुट्टा एवं गलत कार्य सम्पन्न प्रतिवेदन र अनुगमन प्रतिवेदन तयार गराएको अभियोग उनीहरूमाथि लगाइएको छ। अख्तियारको अनुसन्धानले २१ लाख ६३ हजार ८६५ रुपैयाँ निर्माण व्यवसायीलाई बढी भुक्तानी दिनेरलिने कार्य गरेको पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ। अभियोगपत्रमा चारैजनासँग २१ लाख ६३ हजार ८६५ रुपैयाँ मागदाबी गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?