रवि लामिछानेको बयान चल्दै गर्दा रास्वपा र सहकारी पीडितको प्रदर्शन

nepaltathya_news nepaltathya_news
|
मंगलबार, कार्तिक २७, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २७ कात्तिक, बुटवल ।
  • पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लाई भैरहवा ल्याएसँगै विरोध प्रदर्शन गरिएको छ ।
  • सरकारी वकिलको कार्यालयमा बयान चल्दै गर्दा बाहिर रवि समर्थक र सहकारी पीडित पक्षले छुट्टाछुट्टै नाराबाजी गरिरहेका छन् ।

 

२७ कात्तिक, बुटवल । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लाई भैरहवा ल्याएसँगै विरोध प्रदर्शन गरिएको छ । सरकारी वकिलको कार्यालयमा बयान चल्दै गर्दा बाहिर रवि समर्थक र सहकारी पीडित पक्षले छुट्टाछुट्टै नाराबाजी गरिरहेका छन् ।

सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउ परेका सभापतिलाई दिउँसो १२ बजे पोखराबाट भैरहवा ल्याइएको हो । लामिछानेको प्रतीक्षामा रहेको उनका समर्थककहरुले गौतमबुद्ध विमानस्थल अगाडि बिहानैबाट जम्मा भई प्रदर्शन गरेका हुन् । मौसम खराबीका कारण दिउँसो मात्रै आएका लामिछानेलाई विमानस्थलबाट सोझै सरकारी वकिलको कार्यालय बयानका लागि लगिएको छ ।

लामिछानेको बयानमा भइरहदा राष्ट्रिय स्वतन्त्र पाटीका कार्यकर्ताहरुले भैरहवाको लुम्बिनी गेटबाट विरोध र्‍याली निकाली नगर परिक्रमा गरिरहेका छन् । लुम्बिनी रोड गेट अगाडिबाट सुरु भएको विरोध कार्यक्रम बुद्ध चोक, बरमेली टोल हुँदै मिलनचोकतर्फ पुगेको छ । प्रदर्शनमा उल्लेख्य संख्यामा नेता कार्यकर्ता सहभागी भएका जिल्ला अध्यक्ष डा बुद्धिप्रसाद शर्माले बताए ।

प्रदर्शनपछि जिल्ला प्रहरी कार्यालय नजिक कोणसभा गर्ने उनले बताए । सभामा केन्द्रीय समितिका नेताहरुले सम्बोधन गर्ने छन् । यस्तै सुप्रिम सहकारी पीडितहरुले समेत जिल्ला सरकारी वकिल कार्यालय नजिक प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूराना पार्टी र नेताहरु सकिए भन्ने भाष्यलाई महाधिवेशनले खारेज गरिदियो : ज्ञवाली
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने : मन्त्री घिसिङ
सामाजिक सञ्जालमा तीतो पोख्दै एमाले नेताहरू
जनता समाजवादी पार्टी, नेपालको चुनावी घोषणा–पत्र सार्वजनिक
मुस्ताङमा पहिलोपटक ‘छुआमा’ हिमालको सफल पर्वतारोहण
नेपाल फार्मा एक्स्पो सम्पन्न : नेपाली औषधिले भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्न सक्ने
वडाध्यक्षको मृत्यु ‘रहस्यमय’ : होटलमा बसेका थिए २ युवती र ३ पुरुष
मधेस प्रदेश सरकारले प्रशासनिक भवन बनाउँदै, ‘जनक दरबार’ नामकरण गरिने
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
मधेसका मुख्यमन्त्रीविरुद्ध ७ दलको विरोध नवौँ दिन पनि जारी