मधेस प्रदेश सरकारले प्रशासनिक भवन बनाउँदै, ‘जनक दरबार’ नामकरण गरिने

nepaltathya_news nepaltathya_news
|
बुधबार, भाद्र २०, २०८०
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • २० भदौ, काठमाडौं ।
  • मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश सरकारको मन्त्रालय र मन्त्रीहरूका लागि आवासीय भवन निर्माण प्रक्रिया छिट्टै सुरु गरिने बताएका छन् ।
  • बुधबार जनकपुरधाम-१९ मा कृष्णाष्टमी मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले जनकपुरधाम-१९ मै रहेको ५२ बिघामा मधेश सरकारको प्रशासनिक भवन निर्माण गरिने बताएका हुन् ।

२० भदौ, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश सरकारको मन्त्रालय र मन्त्रीहरूका लागि आवासीय भवन निर्माण प्रक्रिया छिट्टै सुरु गरिने बताएका छन् ।

बुधबार जनकपुरधाम-१९ मा कृष्णाष्टमी मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले जनकपुरधाम-१९ मै रहेको ५२ बिघामा मधेश सरकारको प्रशासनिक भवन निर्माण गरिने बताएका हुन् । उनले यसका लागि प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिए ।  उनले सरकारका सबै मन्त्रालयहरूको प्रशासनिक भवनका साथै आवाससमेत सोही परिसरमा निर्माण गरिने बताए ।

मुख्यमन्त्री यादवले मधेश सरकारले सो जग्गाको लालपुर्जा र पत्र प्रधानमन्त्री कार्यालयमा ४ महिनाअघि नै पठाइसकेको बताए । उनले प्रधानमन्त्री कार्यालयबाट निर्णय आएलगत्तै प्रशासनिक भवन निर्माणका लागि प्रदेश सरकारले डीपीआर तयार गरी निर्माण प्रक्रिया अघि बढाउने स्पष्ट पारे ।  उनले मधेश प्रदेश सरकारको प्रशासनिक भवन परिसरलाई ‘जनक दरबार’ नामकरण गरिने पनि बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?