सुदूरपश्चिमका मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख १६, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   १६ वैशाख, कैलाली ।
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा १० सदस्यीय भ्रमण टोली भारततर्फ प्रस्थान गरेको छ ।
  • भारत सरकारको निमन्त्रणामा मङ्गलबार टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडाैँबाट एक साताका लागि भारत भ्रमणमा गएको हो ।

 

१६ वैशाख, कैलाली ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा १० सदस्यीय भ्रमण टोली भारततर्फ प्रस्थान गरेको छ । भारत सरकारको निमन्त्रणामा मङ्गलबार टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडाैँबाट एक साताका लागि भारत भ्रमणमा गएको हो ।  दुवै देशको तर्फबाट मुख्यमन्त्री स्तरको औपचारिक विदेश भ्रमण पहिलो पटक हुन गइरहेको हो । वैशाख १६ गतेदेखि २२ गतेसम्मको भ्रमणको समय तालिका रहेको छ ।

भारत भ्रमण जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारले आयोजना गर्न गइरहेको लगानी सम्मेलन, ऊर्जा, पर्यटन, कृषिलगायतका विषयमा छलफल हुने बताए । टोलीले भारतको दिल्ली, देहरादुन, अयोध्या र लखनउ लगायतका ठाउँको भ्रमण गर्नेछ । पहिलो दिन भ्रमण टोली काठमाडौँबाट हवाई मार्ग हुँदै दिल्ली जानेछ । दोस्रो दिन दिल्लीमा सङ्घीय मन्त्रीसँगको भेटघाट, विवेकानन्द अन्तर्राष्ट्रिय फाउन्डेसनसँग अन्तरक्रिया रहेको छ । टोलीले भारतीय कृषि अनुसन्धान संस्थाको भ्रमण, अयोध्याको धार्मिक पर्यटकीय क्षेत्रको भ्रमण, देहरादुनका कृषि क्षेत्रसहित पर्यटकीय क्षेत्रको भ्रमण गर्नेछ। उत्तराखण्डका मुख्यमन्त्री तथा कृषि मन्त्रीसँगको भेटपछि टोली लखनउ हुँदै स्थल मार्गबाट कैलाली फर्किने कार्यक्रम तय गरिएको छ ।

भ्रमण टोलीमा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, पूर्व मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, पूर्व मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य झपटबहादुर साउँद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसद सूर्य थापाको प्रश्न : हामी संसदमा छौं कि रत्नपार्कमा ?
ब्राउन सुगरसहित एक जना पक्राउ
सभापति लामिछानेको पक्राउको विषयमा रास्वपा मानव अधिकार आयोग जाँदै
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय : गृहमन्त्री
भारतीय पत्रकारको भिषा नविकरण गर्न चीनद्वारा अस्विकार
यस्तो छ तपाइको आजको राशिफल
नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते, गगन थापाले सम्बोधन गर्ने
काठमाडौंमा पानीका लागि ट्यांकरको भर पर्नु पर्दैन, बर्खामा मेलम्ची बन्द हुँदैन : मन्त्री यादव
वीरगञ्ज महानगरको भवन र सवारीसाधन जलेर नष्ट