दिल्लीमाथि नेपाली यू-१९ टोलीको सिरिज ‘क्लिन स्वीप’

nepaltathya_news nepaltathya_news
|
शनिबार, चैत्र १६, २०८१
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  •   १६ चैत, काठमाडौं ।
  • नेपाली यू-१९ क्रिकेट टोलीले दिल्ली यू-१९ टोलीसँगको अभ्यास खेलको सिरिज क्लिन स्वीप गरेको छ ।
  • शनिबार भएको अन्तिम खेलमा पनि जित निकाल्दै नेपालले ३-० ले शृंखला जितेको हो ।

 

१६ चैत, काठमाडौं ।

नेपाली यू-१९ क्रिकेट टोलीले दिल्ली यू-१९ टोलीसँगको अभ्यास खेलको सिरिज क्लिन स्वीप गरेको छ । शनिबार भएको अन्तिम खेलमा पनि जित निकाल्दै नेपालले ३-० ले शृंखला जितेको हो । नेपालले दिल्लीलाई शनिबार ५१ रनले हरायो । नेपालले दिएको १२३ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभरमा ७१ रनमा अलआउट भयो । रौनक वागेलाले सर्वाधिक १७ रन बनाए ।

नेपालका दयानन्द मन्डलले ४ विकेट लिए । बिपिन प्रसाद शर्माले २ तथा नितिश पटेलले १ विकेट लिए । त्यसअघि नेपालले ३९.४ ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो । रोशन विश्वकर्मा र युवराज खत्रीले समान १८ रन बनाए । साहिल पटेल र दिल्साद अलीले समान १७ रन बनाए । यसअघि नेपालले पहिलो खेलमा ५ विकेट र दोस्रो खेलमा १०२ रनको जित निकालेको थियो । अप्रिलमा नेपालमै हुने आईसीसी यू-१९ विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीस्वरूप शृंखला आयोजित गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबिच शिष्टाचार भेटवार्ता
गुठीको जग्गामा स्थायी संरचना बनाउँदै प्रदेश सांसद यादव
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै रहन्छ : माओवादी केन्द्र
धनकुटामा अटो नालामा पल्टिँदा ७ जना घाइते
सुन्धारामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृ*त्यु, एक घाइते
बुटवलमा आइसक्रिम चोरी आरोपमा फसाइएका शिक्षक निर्दोष
सेनामा जागिर नभएकालाई काठमाडौँ महानगरपालिकाले नगर प्रहरी बनाउने
अभिनेत्री मनिषा कोइराला बेलायती संसद भवनको विशेष समारोहमा सम्मानित
राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित