भ्रमजालबाट मुक्त हुनुस् : प्रचण्डलाई राजेन्द्र लिङ्देनको सुझाव

nepaltathya_news nepaltathya_news
|
मंगलबार, जेठ २०, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २० जेठ, काठमाडौं ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भ्रममा नरहन आग्रह गरेका छन् ।
  • सडक आन्दोलनका लागि सिफल पुगेका लिङ्देनले प्रचण्डमा अहिले पनि भ्रम देखिएको बताएका हुन् ।

२० जेठ, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भ्रममा नरहन आग्रह गरेका छन् । सडक आन्दोलनका लागि सिफल पुगेका लिङ्देनले प्रचण्डमा अहिले पनि भ्रम देखिएको बताएका हुन् ।

‘भ्रमजालबाट मुक्त हुनुस्, र सुध्रनुस् । हिजो तपाईंको समय जस्तो छैन । जनता जागृत भइसकेका छन्,’ लिङ्देनले भने । अध्यक्ष लिङ्देनले माओवादीको युवा संगठन वाईसीएलले पनि बदलिएको समय बुझ्नुपर्ने बताए । ‘म वाईसीएलका भाइहरूलाई भन्छु, समय २०६४ साल अगाडि जस्तो छैन,’ उनले भने ।

प्रहरी प्रशासन र सीडीयो कार्यालयसँग पनि लिङ्देनले आग्रह गरेका छन् । संविधान विपरीत निषेधाज्ञा बिस्तार गर्ने निर्णय फिर्ता लिन सीडीयोसँग लिङ्देनले आग्रह गरेका हुन् । ‘संविधान विपरीत निर्णय प्रहरीले पनि मान्नु हुँदैन, सीडीयोले पनि मान्नु हुँदैन,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनकुने घटना प्रकरण : काठमाडौं अदालतमा दुर्गा प्रसाईंसहित ५० जना प्रतिवादीको बयान आजदेखि
साउदीले लगायो भारतसहित १४ देशमाथि भिसा प्रतिबन्ध
वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आगलागी, सात घर जलेर नष्ट
एसीसी यू-१६ क्रिकेट : जापानविरुद्ध टस हारेर नेपाल बलिङ गर्दै
सुनीताले बालेनलाई भनिन् – कोठामा बसेर आदेश दिन पाइँदैन
भक्तपुरमा बागमती प्रदेशस्तरीय मेयर कप कराँते प्रतियोगिता हुँदै
सरकारी निकायलाई नयाँ गाडी किन्न अर्थको सहमति अनिवार्य
नक्कली लाइसेन्स बिक्री प्रकरणमा उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दर्ता
रौतहटको ३ वडामा सवारी साधन र आवागमनमा रोक
जनता आवास कार्यक्रमबाट निर्माण गरिएका दुई सय ४८ घर हस्तान्तरण