राजेन्द्र महतोले आज नयाँ पार्टी दर्ता गराउँदै
सारांश
- ९ कात्तिक, काठमाडौँ ।
- राजेन्द्र महतोको अध्यक्षतामा गठन भएको राष्ट्रिय मुक्ति क्रान्ति नेपाल आज विधिवत रुपमा निर्वाचन आयोगमा दर्ता हुन गइरहेको छ ।
- तर निर्वाचन आयोगले पार्टीको नाममा क्रान्ति राख्न नदिएपछि पार्टीको नाम राष्ट्रिय मुक्ति पार्टी नेपाल राख्ने भएको छ ।
९ कात्तिक, काठमाडौँ । राजेन्द्र महतोको अध्यक्षतामा गठन भएको राष्ट्रिय मुक्ति क्रान्ति नेपाल आज विधिवत रुपमा निर्वाचन आयोगमा दर्ता हुन गइरहेको छ । तर निर्वाचन आयोगले पार्टीको नाममा क्रान्ति राख्न नदिएपछि पार्टीको नाम राष्ट्रिय मुक्ति पार्टी नेपाल राख्ने भएको छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालको नामबाट दर्ता हुने सो पार्टीको केन्द्रीय कार्यसमिति १८१ सदस्यीय हुने बताइएको छ । हाललाई राजेन्द्र महतो अध्यक्ष रहने अरु बाँकी सबै जना सदस्य रहने बताइएको छ । नेपाल सदभावना पार्टीबाट आफ्नो राजनीति यात्रा सुरु गरेका अध्यक्ष महतो लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अलग भएर आफ्नो नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभिायनहरु चलाउँदै आएका थिए ।


प्रतिक्रिया