अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी

nepaltathya_news nepaltathya_news
|
सोमबार, चैत्र ११, २०८१
|
|
१५ पटक हेरिएको
Shares

सारांश

  • ११ चैत, दाङ ।
  •    गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।
  • दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सो उद्योगमा लागेको आगो हालसम्म पनि नियन्त्रणमा आउन नसकेको हो ।

११ चैत, दाङ ।  

गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सो उद्योगमा लागेको आगो हालसम्म पनि नियन्त्रणमा आउन नसकेको हो ।  अझैसम्म पनि उद्योगमा लागेको आगलागी पूर्ण नियन्त्रणमा आउन नसकेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो । उहाँका अनुसार हाल सात वटा दमकलले आगो निभाइरहेका छन् ।


दाङको घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका तथा बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र रुपन्देहीबाट एउटा दमकल ल्याएर आगो निभाउने क्रम जारी छ । प्लाई बनाउन प्रयोग हुने धेरै सामग्री भएकाले आगो निभाउन ढिलाइ भएको प्रजिअ लम्सालको भनाइ छ । “प्लाईका धेरै सामग्री छन्, आगो बलिरहेको छ”, उहाँले भन्नुभयो, “निभाउन अझै समय लाग्ने देखिन्छ ।”


आसपासमा बस्ती भए पनि त्यो बस्तीका लागि जोखिम भने टरेको प्रजिअ लम्सालले बताउनुभयो । आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ । यद्यपी अझै पनि क्षतिको विवरण आइपुगेको छैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित सुरक्षा निकाय, स्थानीयलगायतले आगो नियन्त्रण गरिरहेका छन् ।

(रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक बस्दै,सांसदको प्रश्नमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिँदै
ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै
प्रधानमन्त्रीको कार्कीको उपस्थितीमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना
बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्‍यु, ५ जना घाइते
२८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल
इनिसा विक ह*त्यको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग
ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग
दुई संसदीय समितिको बैठक बस्दै,
क्यान्सर अस्पतालमा बिरामीकाे मृत्यु भएपछि दुई नर्स निलम्बित
१४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क दिइने