गाडी दुर्घटनामा कुम्भ मेलाबाट फर्किँदै गरेका दम्पतीसहित ३ नेपालीको मृत्यु

nepaltathya_news nepaltathya_news
|
सोमबार, फाल्गुन ५, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ५ माघ, भारतमा जारी कुम्भ मेला पुगेका तिर्थयात्री लिएर फर्किएको गाडी दुर्घटना हुँदा तीन नेपालीको मृत्यु भएको छ।
  • दुर्घटनामा परेर रुपन्देहीको देवदह नगरपालिका-९ का ४५ वर्षका गणेश खनाल, उनकी श्रीमती ३५ दीपा खनाल,र ४० वर्षिया गीता शर्माको ज्यान गएको देवदह नगरपालिका-९का सूचना अधिकारी गणेश डुम्रेले  जानकारी दिए।
  • कुम्भमेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो।

 

५ माघ, भारतमा जारी कुम्भ मेला पुगेका तिर्थयात्री लिएर फर्किएको गाडी दुर्घटना हुँदा तीन नेपालीको मृत्यु भएको छ। दुर्घटनामा परेर रुपन्देहीको देवदह नगरपालिका-९ का ४५ वर्षका गणेश खनाल, उनकी श्रीमती ३५ दीपा खनाल,र ४० वर्षिया गीता शर्माको ज्यान गएको देवदह नगरपालिका-९का सूचना अधिकारी गणेश डुम्रेले  जानकारी दिए।

कुम्भमेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो। दुर्घटनामा परी सवारी चालकसहित पाँच जना घाइते भएका छन्। घाइते हुनेहरूमा देवदह-९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन्।

युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय नम्बरको गाडी दुर्घटनामा परेको हो। फागुन ३ गते देवदहबाट कुम्भमेला स्नान गर्न ५ वटा गाडीमा ३५ जना भारत गएका थिए। नेपाल फर्किने क्रममा चालकसहित ८ जना सवार उक्त गाडी दुर्घटना परेको हो।  रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पनि दुर्घटना भएको सूचना आएको जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?