सुख्खा पहिरोले अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सुचारु

nepaltathya_news nepaltathya_news
|
आइतबार, आश्विन २७, २०८१
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •   २७ असोज, काभ्रे ।
  • सुख्खा पहिरोले अवरुद्ध बनेको अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ ।
  • काभ्रेको पाँचखाल नगरपालिकास्थित ५० किलोमा गएराति सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो ।

 

२७ असोज, काभ्रे । सुख्खा पहिरोले अवरुद्ध बनेको अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । काभ्रेको पाँचखाल नगरपालिकास्थित ५० किलोमा गएराति सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सडक विभाग, स्थानीय तहको समन्वयमा जेसिबीले पहिरो पन्छाएर आइतबार बिहान ९ बजेदेखि एकतर्फी रुपमा राजमार्ग सुचारु गरिएको छ । राजमार्ग अवरूद्ध भएपछि सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रेका यात्रुहरू समस्यामा परेका थिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ