सम्पर्कविहीन १५ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

nepaltathya_news nepaltathya_news
|
बिहिबार, माघ १०, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १० माघ, काठमाडौं ।
  • आफूखुसी कार्यालयमा गैरहाजिर भएका नेपाल प्रहरीका १५ जनालाई ७ दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
  • प्रहरी महानिरीक्षकको सचिवालयले आज सार्वजनिक सूचना जारी गरी गैरहाजिर हुनुको कारणसहित सम्पर्कमा आउन भनेको हो ।

 

१० माघ, काठमाडौं । आफूखुसी कार्यालयमा गैरहाजिर भएका नेपाल प्रहरीका १५ जनालाई ७ दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालयले आज सार्वजनिक सूचना जारी गरी गैरहाजिर हुनुको कारणसहित सम्पर्कमा आउन भनेको हो । न्यथा प्रहरी नियमावली अनुसार कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

आफूखुसी गैरहाजिर भएकाहरुमा प्रहरी हबलदार रघुनाथ हजाम, सहायक हबल्दार धनबहादुर कार्की र चेतन महरा तथा प्रहरी जवानहरु कृष्ण गिरी, मित्र योञ्जन, रुपक साउद, खेमराज राना लगायत छन् ।यसैगरी असलम मिया भाइ, दिलिप कुमार साह, राजेश कुमार साह, रामबहादुर माझी, शम्भु विश्वकर्मा, अर्जुन कुमार पुनमगर, गोपाल थारु र कार्यालय सहयोगी लक्ष्मण थापालाई पनि स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?