नारायणी नदीमा फसेका २२ जनाको उद्धार

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ १६, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • १५ जेठ, चितवन ।
  • चितवनको भरतपुर महानगरपालिका-१६, शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
  • उनीहरु नदीमा गिट्टी-बालुवा निकाल्नका लागि बनाइएको अस्थायी बाँध फुटेपछि नदीको बीच भागमा रहेको टापुमा फसेका थिए ।

१५ जेठ, चितवन ।

चितवनको भरतपुर महानगरपालिका-१६, शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। उनीहरु नदीमा गिट्टी-बालुवा निकाल्नका लागि बनाइएको अस्थायी बाँध फुटेपछि नदीको बीच भागमा रहेको टापुमा फसेका थिए ।

घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल १७ नम्बर गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमान्डमा गोताखोरसहितको उद्धार टोली खटिएको थियो। सो टोलीले डुंगाको सहायताले फसेका सबैलाई सकुशल उद्धार गरेको हो । यद्यपि, गिट्टी-बालुवा ढुवानीका लागि प्रयोग गरिएको एउटा टिपर भने बाँध फुटेको ठाउँमा डुबेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ