गुण्डुमा एमालेको सचिवालय बैठक सुरु

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
१० पटक हेरिएको
Shares

सारांश

  • २४ असोज, काठमाडौं ।
  • नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
  • भक्तपुरको गुण्डुमा पार्टी अध्यक्ष केपी शर्मा ओली बसोबास गरिरहेको घरमा सचिवालय बैठक सुरु भएको हो ।

२४ असोज, काठमाडौं ।

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । भक्तपुरको गुण्डुमा पार्टी अध्यक्ष केपी शर्मा ओली बसोबास गरिरहेको घरमा सचिवालय बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिबारे छलफल हुने एक नेताले बताए । साथै आगामी असोज २७ गतेदेखि २९ गतेसम्म बस्ने तय भएको केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल समेत हुनेछ ।

यसअघि आइतबारका लागि तय गरिएको बैठक, अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण स्थगित गरिएको थियो । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार, आजको बैठकले पार्टीको आगामी रणनीति तथा नयाँ कार्यदिशा तय गर्नेछ । जेनजी प्रदर्शनपछि दलहरूमा नेतृत्व परिवर्तन र पुस्तान्तरणको बहस चर्किँदै गएको छ । तर, एमालेमा भने संस्थापन पक्ष खुलेरै अध्यक्ष ओलीको बचाउमा उत्रिएका छन् । एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अन्तरिम सरकारको कार्यशैलीप्रति असन्तुष्टि पोखेका थिए ।

उनले एमाले प्रतिनिधि सभा विघटनको विपक्षमा उभिने भन्दै पुर्नस्थापनाको पहल गर्ने उद्घोष गरेका थिए । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा बालकोटमा रहेको ओलीको निजी निवासमा आगजनी भएको थियो । २४ भदौदेखि नेपाली सेनाको सुरक्षा घेरामा बसेका ओली स्थिति सामान्य बन्दै गएपछि गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् । एमालेको भातृ संगठन युवा संघले भोलि शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गर्न मोटरसाइकल र्याली समेत आह्वान गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै
इजरायलमा इरानको कारबाही : मृ*तक संख्या २१ पुग्यो, अमेरिकी दूतावासमा क्षति
राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित
सुदूरपश्चिम सरकार नयाँ बजेटको तयारीमा, चालु आर्थिक वर्ष २७ प्रतिशत मात्रै खर्च
पर्सामा खानेपानी र सिँचाइ संकट समाधानका लागि दीर्घकालीन योजना निर्माणको प्रतिबद्धता
अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन
बाढीपहिरोले १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
राष्ट्रियसभामा संवैधानिक परिषद् विधेयक परिमार्जन
भोलिदेखि सार्वजनिक यातायात ठप्प पर्ने व्यवसायीको घोषणा
युरोपका तीन ठूला विमानस्थलमा साइबर हमला