राजेन्द्र महतोले आज नयाँ पार्टी दर्ता गराउँदै

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, कार्तिक ९, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ९ कात्तिक, काठमाडौँ ।
  • राजेन्द्र महतोको अध्यक्षतामा गठन भएको राष्ट्रिय मुक्ति क्रान्ति नेपाल आज विधिवत रुपमा निर्वाचन आयोगमा दर्ता हुन गइरहेको छ ।
  • तर निर्वाचन आयोगले पार्टीको नाममा क्रान्ति राख्न नदिएपछि पार्टीको नाम राष्ट्रिय मुक्ति पार्टी नेपाल राख्ने भएको छ ।

 

९ कात्तिक, काठमाडौँ । राजेन्द्र महतोको अध्यक्षतामा गठन भएको राष्ट्रिय मुक्ति क्रान्ति नेपाल आज विधिवत रुपमा निर्वाचन आयोगमा दर्ता हुन गइरहेको छ । तर निर्वाचन आयोगले पार्टीको नाममा क्रान्ति राख्न नदिएपछि पार्टीको नाम राष्ट्रिय मुक्ति पार्टी नेपाल राख्ने भएको छ ।

राष्ट्रिय मुक्ति पार्टी नेपालको नामबाट दर्ता हुने सो पार्टीको केन्द्रीय कार्यसमिति १८१ सदस्यीय हुने बताइएको छ । हाललाई राजेन्द्र महतो अध्यक्ष रहने अरु बाँकी सबै जना सदस्य रहने बताइएको छ । नेपाल सदभावना पार्टीबाट आफ्नो राजनीति यात्रा सुरु गरेका अध्यक्ष महतो लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अलग भएर आफ्नो नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभिायनहरु चलाउँदै आएका थिए ।

उनी यसअघि नेपाल सद्भावना पार्टीबाट अलग भएर आफ्नै नेतृत्वमा सदभावना पार्टी गठन गरेका थिए । राजपा, जसपा, लोसपा हुँदै अहिले आफ्नै नेतृत्वमा राष्ट्रिय मुक्ति नेपाल पार्टी दर्ता गराउन लागेका छन् । यो पार्टीले बहुल राष्ट्र निर्माणका लागि आन्दोलन गर्नेछ । यसअघि राजेन्द्र महतो मधेश केन्द्रित आन्दोलनमा सक्रिय थिए तर अब उनले राष्ट्रिय मुद्दाको अभियान थाल्ने भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज संवैधानिक परिषद्को बैठक बस्दै। 
प्रधानमन्त्री कपमा सुदूरपश्चिमको विजयी सुरुआत, किरण ठगुन्नाको शानदार शतक
शिक्षा ऐनका लागि आन्दोलन थप सशक्त हुन्छ, सरकारलाई घुँडा टेकाउँछौं : कुमार बजगाईँ
चितवन कारागार फर्किए २३५ कैदीबन्दी
पेट्रोलियम पदार्थ आयातबाट वीरगञ्ज भन्सार कार्यालयले उठायो ७३ अर्ब राजस्व
प्रकृतिक प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौति बनेको छ: मन्त्री घिसिङ
उद्योगी-व्यवसायीहरूलाई हामी सहयोग गर्छौं : देउवा
राष्ट्रियसभाबाट पनि पास भए पाँच अध्यादेश
ठूला दुई दल मिलेर बनेको स्थिर सरकारले आक्रमक ढंगबाट काम गर्न आवश्यक : मन्त्री खड्का
तनहुँ कारागारबाट भागेका १४० कैदीबन्दी अझै फरार