१५औं महाधिवेशनबाट विदा लिन्छु भनिसकेको छु, त्यसमा द्विविधा छैन: देउवा

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन २८, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • २८ असोज, काठमाडौं।
  • नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशनबाट विदा लिने दोहोर्‍याएका छन्।
  • पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले वैधानिक व्यवस्थाअनुसार १५औं महाधिवेशनबाट नेतृत्व छाड्ने बताएका हुन्।

२८ असोज, काठमाडौं।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशनबाट विदा लिने दोहोर्‍याएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले वैधानिक व्यवस्थाअनुसार १५औं महाधिवेशनबाट नेतृत्व छाड्ने बताएका हुन्। ‘म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने ‘घरमा सधैं एकै जना मुली रहँदैन’ पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन। जहासम्म मेरो विषय छ, मैले पहिले नै वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु।

आगामी १५औं महाधिवेशनबाट म बाहेक अरु कुनै साथी सभापति बन्नु हुनेछ त्यसमा द्विविधा छैन,’ लिखित सम्बोधनमा देउवाले भने। १५औं महाधिवेशन कहिले गर्ने भन्नेबारे भने देउवा मौन रहे। जेन–जी आन्दोलनपछि कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको म्याद नथपी आगामी मंसिरभित्रै नियमित महाधिवेशन वा विशेष महाधिवेशनका लागि दबाब दिइरहेका छन्। १४औं महाधिवेशनका बहुमत प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरिसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल
१८ करोड ८६ लाखको लगानीमा सानो गौचरन स्टेडियमको र्निर्माण कार्य सुरु
देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक
‘कुलिङ पिरियड’मा छेडखानीबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन
सर्लाहीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु, अर्की बहिनी घाइते
नेपाल आईपुगिन् देवि प्रतिभा, पोखरामा गरियो स्वागत
उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई दश हजार जरिवाना
कोशी मन्त्रीको गाडीको ठक्करबाट घाइते बालिका अस्पतालबाट डिस्चार्ज
गृहमन्त्रीद्वारा तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन
कास्कीमा एकजनालाई पेट्रोल छर्केर आगो लगाइ फरार भएका व्यक्ति पक्राउ