धनुषामा लागु औषध खैरो हिरोईन सहित दुई जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
बुधबार, आश्विन २२, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  •   असोज २२, धनुषा।
  • धनुषाको पूर्व–पश्चिम राजमार्गमा प्रतिबन्धित लागुऔषध खैरो हिरोईन (ब्राउन सुगर) सहित दुई जनालाई इलाका प्रहरी कार्यालय ढल्केवरले पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका–७ का २४ वर्षीय निराजन यादव र सप्तरीको राजविराज नगरपालिका–९ का ३९ वर्षीय रोहन कुमार सिंह रहेका छन्।

 

असोज २२, धनुषा। धनुषाको पूर्व–पश्चिम राजमार्गमा प्रतिबन्धित लागुऔषध खैरो हिरोईन (ब्राउन सुगर) सहित दुई जनालाई इलाका प्रहरी कार्यालय ढल्केवरले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका–७ का २४ वर्षीय निराजन यादव र सप्तरीको राजविराज नगरपालिका–९ का ३९ वर्षीय रोहन कुमार सिंह रहेका छन्।


प्रहरीका अनुसार सोमबार दिउँसो करिब ४ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र.०२–००२प–२०८७ नम्बरको मोटरसाइकललाई धनुषाको गणेशमान चारनाथ नगरपालिका–७, पोतांता चौक नजिक चेकजाँचका लागि रोकिएको थियो।

चेकजाँचका क्रममा मोटरसाइकलको पछाडि सवार निराजन यादवले भाग्ने प्रयास गर्दै झाडीमा एउटा वस्तु फालेका थिए। प्रहरीले तत्काल खोजी गर्दा उनले फालेको कालो प्लास्टिकको पोकाभित्र ३७.९ ग्राम तौलको खैरो हिरोईन बरामद भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिनुभयो।

लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई थप अनुसन्धानका लागि धनुषा जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिराले बेनी–दरबाङ सडक अवरुद्ध
शपथपछि नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिले भने- तपाईं सफल हुनुहोस्, देश सफल होस्
चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा
सुर्खेत विमानस्थल मर्मतको काम सकियो, शनिबारदेखि सुचारु हुने
प्रचण्डको दाबी- एमाले छाडेर सबै यता आउँछन्
इजरायली प्रधानमन्त्रीको निजी निवासमा हिजबुल्लाहले गर्‍यो ड्रोन आक्रमण
सिराहाबाट खैरो हेरोइनसहित युवक पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
जनकपुरबाट आजपाका २३ कार्यकर्ता पक्राउ
शिक्षा विधेयकमार्फत आफ्ना मागहरु सम्बोधन नभए देशव्यापी आन्दोलन चर्काउने राहत शिक्षकहरुको चेतावनी