मुस्ताङलाई ५० करोड उपलब्ध गराउने प्रचण्डको घोषणा

nepaltathya_news nepaltathya_news
|
बुधबार, कार्तिक १, २०८०
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • १ कात्तिक, काठमाडौं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लामा जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि झण्डै ५० करोड सहयोग उपलब्ध गराउने बताएका छन् ।
  • आज मुस्ताङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन् ।

१ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लामा जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि झण्डै ५० करोड सहयोग उपलब्ध गराउने बताएका छन् ।

आज मुस्ताङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन् । ‘एउटा अन्तर्राष्ट्रिय संस्थाबाट झण्डै ५० करोड सहयोग प्राप्त हुँदैछ, त्यो पचासै करोड मुस्ताङलाई नै हामी दिँदै छौं,’ प्रधानमन्त्री प्रचण्डले भने । यो नेपाल सरकार मुस्ताङ जिल्लाको ऐतिहासिकता, भौगोलिक विशिष्टता, संस्कृति, परम्परा र उत्पादनप्रति सरकार निकै नै संवेदनशील छ भन्ने प्रमाण रहेको उनले बताए । जलवायु परिवर्तन राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय चुनौतीको रुपमा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले मुस्ताङमा जलवायु परिवर्तनले पुगेको क्षतिलाई रोक्न नेपाल सरकार गम्भीर ढंगले लागेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
राष्ट्रिय सभाका अध्यक्ष रसमिति सभापति बिच छलफल
मनाङ एयरको उडान अनुमतिपत्र निलम्बन
उपचारका लागि सिंगापुर प्रस्थान गरे शेरबहादुर देउवाले
जेनजीहरुको प्रदर्शनमा भएको दमन र धरपकडको विरोध
बर्दियामा एक महिलाको हत्या, एकजना पक्राउ
देउवा थाइल्याण्ड गएपछि कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
आजदेखि न्युरोड क्षेत्रको सडकमा पार्किङ निषेध
टिकटक बन्ध गर्ने सरकारको निर्णयविरुद्धका रिटमाथि आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदै
चन्द्रमाको माटो प्रयोग गरेर पानी उत्पादन गर्ने ‘नयाँ तरिका’ पत्ता लगाएकाे चिनियाँ वैज्ञानिककाे दाबि