स्वास्थ्य चौकी इन्चार्ज लागुऔषधि कारोबारमा संलग्न, जागिरबाट हटाइयो

nepaltathya_news nepaltathya_news
|
बुधबार, बैशाख ३१, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ३१ वैशाख, झापा : प्रतिबन्धित लागुऔषधि कारोबारमा संलग्न देखिएको भन्दै कचनकवल गाउँपालिकाले एक जना हेल्थ असिस्टेन्टलाई जागिरबाट हटाएको छ ।
  • गाउँपालिकाले घेराबारी स्वास्थ्य चौकीका इन्चार्ज तथा हेल्थ असिस्टेन्ट विक्रम राजवंशीको सेवा करार सम्झौता भंग गर्दै जागिरबाट हटाएको हो।
  • हेल्थ असिस्टेन्ट राजवंशीले बाह्रदशी गाउँपालिका–५ फूलबारीस्थित विक्रम विकास मेडिकलसँग जोडिएर प्रतिबन्धित औषधिको कारोबारमा संलग्न देखिएपछि उनलाई जागिरबाट हटाएको प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलले जानकारी दिए।

 

३१ वैशाख, झापा :

प्रतिबन्धित लागुऔषधि कारोबारमा संलग्न देखिएको भन्दै कचनकवल गाउँपालिकाले एक जना हेल्थ असिस्टेन्टलाई जागिरबाट हटाएको छ । गाउँपालिकाले घेराबारी स्वास्थ्य चौकीका इन्चार्ज तथा हेल्थ असिस्टेन्ट विक्रम राजवंशीको सेवा करार सम्झौता भंग गर्दै जागिरबाट हटाएको हो।

हेल्थ असिस्टेन्ट राजवंशीले बाह्रदशी गाउँपालिका–५ फूलबारीस्थित विक्रम विकास मेडिकलसँग जोडिएर प्रतिबन्धित औषधिको कारोबारमा संलग्न देखिएपछि उनलाई जागिरबाट हटाएको प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलले जानकारी दिए। राजवंशीले २०७९ सालदेखि मेडिकल सञ्चालन गर्दै आएपनि औषधि व्यवस्था विभाग विराटनगरको अनुगमन टोलीले वैशाख २५ गते स्थलगत निरीक्षण गर्दा उनी त्यहाँ उपस्थित थिएनन्। त्यसपछि विभागले कचनकवल गाउँपालिका स्वास्थ्य शाखालाई टेलिफोनमार्फत राजवंशीको विवरण माग गरेका थिए। गाउँपालिकाले सोही दिन फार्मेसीको दर्ता र सञ्चालनसम्बन्धी कागजात पेस गर्न पत्राचार गरेपनि वैशाख २८ गतेसम्म पनि राजवंशीले

स्पष्टीकरणसहित कुनै कागजात पेस नगरेको गाउँपालिकाले जनाएको छ। प्रतिबन्धित औषधिको कारोबारमा संलग्न देखिएकाले उनको सेवा करार सम्झौता भंग गरेको गाउँपालिकाले जनाएको छ। विक्रम विकास मेडिकलबाट प्रहरी निरीक्षक विजय चौहानको  टोलीले प्रतिबन्धित ट्रामाडोल ७९५ ट्याब्लेट, नियन्त्रित औषधीहरू एन्टीकोफ ४७० ट्याब्लेट र डिक्लोमिन ३ (८) ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।  मेडिकलमा बस्दै आएकी सोही ठाउँकी ३९ वर्षीय वन्दना पोखरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सो मेडिकल राजवंशीले सञ्चालन गर्दै आएका छन्। प्रहरीका अनुसार पोखरेल राजवंशीकी श्रीमती हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमुख प्रशासकीय अधिकृत यादव कार्यालयमा हाजिर, नगर प्रमुखले गरे स्वागत
निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने पक्राउ
पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
घुससहित पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारीविरुद्ध मुद्दा दायर
अब सवारी लाइसेन्सको अवधि १० वर्ष
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु
राजनीतिक संस्कार नदेखिएको भन्दै उज्यालो नेपाल पार्टीमा बस्न प्रधानको अस्वीकार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
सूचना प्रविधि परिमार्जनका कारण राहदानी सेवामा प्रभाव