धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी १४ वर्षीया किशोरी बलात्कृत

nepaltathya_news nepaltathya_news
|
आइतबार, माघ २७, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २७ माघ, धनगढी ।
  • धनगढीमा एक किशोरीमाथि बलात्कार भएको छ ।
  • बाजुुराबाट अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया किशोरीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।

 

२७ माघ, धनगढी । धनगढीमा एक किशोरीमाथि बलात्कार भएको छ । बाजुुराबाट अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया किशोरीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।

धनगढीमा बसेर अध्ययन गर्दै आएकी किशोरीमाथि गत बिहीबार साँझ जबरजस्ती करणीमा परेकी हुन् । प्रहरीका अनुुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । त्यसपछि उनी धनगढीकै १८ वर्षीय युवकसँगै उनको घर पुगेकी थिइन् ।

किशोरीमाथि घरमै जबरजस्तीकरणी गरेर युवक भागेका छन् । पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले शनिबार साँझ मात्र किटानी जाहेरी प्राप्त भएको बताए । किशोरीलाई चक्कु देखाउँदै डर, त्रासमा पारेर घरमै लगेर जबरजस्तीकरण गर्ने युवकको खोजी भइरहेको डीएसपी बोहराले बताए । पीडित कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्सेको सीईओ बन्न १० जनाले दिए आवेदन
विद्या भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न सकिँदैन : केपी ओली
एक सय सदस्यीय चिनियाँ ‘फोटोग्राफर’ काठमाडौँमा
सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध
लिङ्देनको आरोप : जेठ १५ को हाम्रो कार्यक्रम भड्काउने प्रधानमन्त्रीको मनसाय देखियो
कांग्रेसमा वैधानिकता विवाद: देउवा पक्ष पुगे निर्वाचन आयोग
टस जितेर ब्याटिङमा स्कटल्याण्ड, पहिले फिल्डिङमा नेपाल
पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
वीरगञ्ज नाका हुँदै सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्यको धान–चामल आयात
भन्सार नतिरेका २८ वटा भारतीय मोटरसाइकल बरामद