बर्दियामा एक महिलाको हत्या, एकजना पक्राउ

nepaltathya_news nepaltathya_news
|
बुधबार, आश्विन २, २०८१
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   २ असोज, काठमाडौं ।
  • बर्दियाको बारबर्दिया नगरपालिका ५ तर्कापुरमा एक महिलाको हत्या भएको छ ।
  • हत्या हुनेमा सोही ठाउँकी ३९ वर्षीया मीना थारु छन् ।

 

२ असोज, काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका ५ तर्कापुरमा एक महिलाको हत्या भएको छ ।Worldlink adsहत्या हुनेमा सोही ठाउँकी ३९ वर्षीया मीना थारु छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुल्सीराम अर्यालका अनुसार गएराति १२ बजेर २० मिटेमा बारबर्दिया नगरपालिका वडानम्बर ११ बस्ने अन्दाजी ४० वर्षीय शिवप्रसाद थारु (पप्पु)ले मीनाको हत्या गरेका हुन् ।उनले मीनाको घरमै गएर टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए । उपचारका लागि बारबर्दिया नगर अस्पताल जयनगर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । हत्यापछि फरार भएका शिवप्रसाद थारुलाई प्रहरीले बारबर्दिया नगरपालिका वडानम्बर ५ को सिटीबरेली क्षेत्रबाट पक्राउ गरेको छ । डिएसपी अर्यालले हत्याको कारण नखुलेको र अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?