पूर्वराष्ट्रपति भण्डारी र प्रवक्ता झाबीच भेटघाट

nepaltathya_news nepaltathya_news
|
मंगलबार, भाद्र १०, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • १० भदौ, काठमाडौं ।
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाबीच भेटघाट भएको छ ।
  • मंगलबार बिहान भण्डारीको निवासमा उनीहरुबीच राजनीतिक भेटघाट भएको हो ।

१० भदौ, काठमाडौं ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाबीच भेटघाट भएको छ । मंगलबार बिहान भण्डारीको निवासमा उनीहरुबीच राजनीतिक भेटघाट भएको हो । प्रवक्ता झाका अनुसार कुनै विशेष एजेन्डा भन्दा पनि राजनीतिक संवादको सुरुवात स्वरूपको भेटघाट थियो । वर्तमान असाधारण राजनीतिक अवस्था बारेमा र यसको समाधानको आवश्यक पहलबारे छलफल भएको उनले जानकारी दिए ।

भेटवार्तामा उपराष्ट्रपति भण्डारीले सहकारीको विषयमा समाधान गर्नुको साटो यसलाई अनावश्यक राजनीतिक मुद्दा बनाएको प्रति भण्डारीले सरोकार राख्नकासाथै र रविप्रति सद्भाव रहेको धारणा राखेकी थिइन् ।  नयाँ पुस्ता राजनीतिमा आउनु राम्रो भएको धारणा राख्दै त्यसप्रति अभिभावकको भूमिका निर्वाह गर्न आफू तयार रहेको उनले बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?