शिक्षकहरुको तलब मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन स्थानीय तहरुमालाई परिपत्र

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर २१, २०८१
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   २१ मंसिर  काठमाडौं ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकहरुको तलबभत्ता मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था गर्न सबै स्थानीय तहहरुलाई परिपत्र गरेको छ ।
  • गत मंसिर १७ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयको आधारमा सामान्य प्रशासन मन्त्रालयले शिक्षा ऐन, नियमावली तथा प्रचलित कानूनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेवापत पाउने तलबभत्ता मासिक रुपमा भुक्तानी गर्ने परिपत्र गरेको हो ।

 

२१ मंसिर  काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकहरुको तलबभत्ता मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था गर्न सबै स्थानीय तहहरुलाई परिपत्र गरेको छ ।

गत मंसिर १७ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयको आधारमा सामान्य प्रशासन मन्त्रालयले शिक्षा ऐन, नियमावली तथा प्रचलित कानूनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेवापत पाउने तलबभत्ता मासिक रुपमा भुक्तानी गर्ने परिपत्र गरेको हो । ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको च.नं. १३८ मिति २०८१/०८/१७ को

पत्रमार्फत शिक्षा ऐन, नियमावली तथा प्रचलित कानूनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा वाहेक शिक्षकले काम गरेवापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहमा परिपत्र पठाउने भनी अनुरोध भै आएको हुँदा पत्रको छायाँप्रति यसै साथ संलग्न गरी आवस्यक जानकारी तथा कार्यार्थ पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ,’– परिपत्रमा भनिएको छ । हाल शिक्षकहरुको तलबभत्ता भुक्तानी त्रैमासिक रुपमा हुँदै आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग
बदलिएको काँग्रेसले देश बदल्ने संकल्प लिएर अगाडि बढेको छ : गगन थापा
राष्ट्र बैंकको निर्देशन– सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न आग्रह
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो
रोमानिया पठाउने भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए सम्पत्ति विवरण, तीन जनाको बाँकी
काठमाडौँमा ह्वात्तै घट्यो वायु प्रदूषण, २ दिनअघि विश्वमै पहिलो नेपाल अहिले ४२ नम्बरमा
यस्तो छ तपाइको आजको राशिफल
एकताको १२ दिन अत्यन्तै पीडादायी रहयो: कुलमान घिसिङ