जापानमा हालै गएको भूकम्प अर्को विनाशकारी भूकम्पको सङ्केत हो ?

nepaltathya_news nepaltathya_news
|
बुधबार, श्रावण ३०, २०८१
|
|
१२ पटक हेरिएको
Shares

सारांश

  •   ३० साउन, टोकियो ।
  • गएको बिहीबार दक्षिणी जापानमा शक्तिशाली भुईँचालो गयो ।
  • जापानमा भूकम्प जानु नौलो कुरा होइन ।

 

३० साउन, टोकियो । गएको बिहीबार दक्षिणी जापानमा शक्तिशाली भुईँचालो गयो । जापानमा भूकम्प जानु नौलो कुरा होइन ।

७ दशमलव १ तीव्रताको सो भूकम्पले खासै ठुलो क्षति गराएन । जापानको मौसम विभाग (जेएमए)ले सुनामी आउने चेतावनी दियो । गर्मीयामको घुमफिरको मध्य समय भएकोले यात्रामा केही ढिलाइ भयो । खासै ठुलो सुनामी आएन । केही समय पछि सुनामीसम्बन्धी चेतावनी हटाइयो । तर सो भूकम्पमा यस अघि कहिले नभएको नयाँ कुरा भयो ।  मौसम  विभागले जापानमा महाशक्तिशाली भूकम्प आउने जोखिम बढेको चेतावनी दियो । यस कारण सारा देश सतर्क र सशङ्कित भयो । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले मध्य एशियाको आसन्न भ्रमण नै रद्द गरे ।

एउटा ठुलो भूकम्प भन्ने शब्दले कयौँ जापानीलाई शताब्दीकै ठुलो भूकम्प भन्ने सोचे । सन् २०१३ मै सरकारी चेतावनीमै केही दशकभित्र महाविनाशकारी भूकम्प जाने र स्थिति खराबभन्दा खराब भयो भने ३० मिटरसम्मको सुनामी आउन सक्ने, ३ लाख जनासम्मको ज्यान जान सक्ने भनिएको थियो ।  यस्तो चेतावनी सुनिरहेका हर कोहीको ठुलो भूकम्प आउँदा डराउनु स्वाभाविक हो । मौसम विभागको चेतावनी सुनेर कतिपय अक्क न बक्क भएका छन् । जापानीहरूले लामो समयदेखि ‘ठुलो’ भूकम्प आउने सुनिरहेका छन् । हरेक पटक शक्तिशाली भूकम्प आएपछि धेरैले यही हो त त्यो ठुलो भनिएको भूकम्प भनेर सोच्ने गर्छन् । केही विज्ञहरूले चाँहि त्यस्तो एड्भाइजरी जारी गर्नु आवश्यक थिएन भनिरहेका छन् । त्यस्तो खालको प्रक्षेपण सटिक हुन्छ त भन्ने प्रश्न पनि उठेका छन् ।

के ले पिरोलिएका छन् जापानी अधिकारी ?

जापानमा बर्सेनि झन्डै १ हजार ५०० ओटा भूइँचालो जान्छ । जापान चार ओटा टेक्टोनिक प्लेट जोडिने ठाउँमा माथि छ । यसका कारण पनि यहाँ बारम्बार भूकम्प गइरहन्छ । यी मध्ये अधिकांशले खासै क्षति गर्दैनन् । विश्वमा जाने गरेको कुल मध्ये १० प्रतिशत ६ म्याग्निच्यूडभन्दा बढीको भूकम्प जापानमा जान्छन् । पूर्वी अमेरिका र यूरोप जस्ता विरलै भूकम्प जाने स्थानको तुलनामा जापानमो जोखिम निकै धेरै छ । हालैका वर्षमा जापानमा गएको सबैभन्दा खराब भूकम्प भनेको सन् २०११ को हो । उक्त वर्ष मार्च ११ मा तोहोकु क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ९ म्याग्निच्यूडको भुईँचालो गएको थियो । भुँइचालो लगत्तै ठुलो सुनामी पनि गएको थियो । भूकम्प र सुनामीमा परेर १८ हजार भन्दा धेरैको ज्यान गएको थियो । स्थिति खराब भन्दा पनि खराब भएको स्थितिमा यत्ति नै तीव्रताको भूकम्पले पनि लाखौंको ज्यान जान सक्छ भनेर अधिकारीहरू चिन्तित छन् । सन् १७०७ मा विनाशकारी भूकम्प गएपछि फुजी हिमालमा ज्वालामुखी नै विस्फोट भयो ।

हरेक सय वर्षमा छोटो समयको अन्तरालमा जापानमा दुई पटक यस्तै महाविनाशकारी भूकम्प जाने गरेको छ । यस अघि सन् १९४४ र ०४६ मा यस्तो देखिएको थियो । आगामी ३० वर्षमा जापानमा ८ देखि ९ म्याग्निच्यूडको भूकम्प जाने सम्भावना ७० देखि ८० प्रतिशत भएको विज्ञहरू बताउँछन् । सबैभन्दा खराब अवस्थामा भूकम्पका कारण खर्वौ येन क्षति हुने र लाखौं मानिस मारिन सक्ने भनिएको छ । यस्तै खालको भूकम्पलाई ‘सबैभन्दा ठुलो एउटा’ भनेर परिभाषित गरिएको छ । नानकाईमा महाविनाशकारी भूकम्पको इतिहास निकै डरलाग्दो छ । त्यसैले पनि अधिकारीहरू पिरोलिएका होलान् ।

भूकम्पको ठ्याक्कै प्रक्षेपण गर्न सकिन्छ ?

टोकियो विश्वविद्यालयमा भूकम्प विज्ञानका प्राध्यापक इमिरेट्स रोबर्ट गलरका अनुसार ‘अहँ सकिन्न’ । गएको बिहीबार मौसम विभागले जारी गरेको चेतावनीको विज्ञानसँग केही लिनु दिनु नभएको उनले बीबीसीलाई भनेका थिए । भूकम्प ‘समूहबद्ध घटनाक्रम’ हो । अगाडि नै भूकम्प फोरशक हो कि आफ्टर शक हो भनेर भन्न सम्भव नभएको उनको तर्क छ । करिब ५ प्रतिशत भूकम्प मात्रै फोरशक अर्थात् विनाशकारी भूकम्पको पूर्व सङ्केत हुने विज्ञहरू बताउँछन् । तर सन् २०११ को विनाशकारी भूकम्प जानु अघि ७ दशमलव २ म्याग्निच्यूडको अर्को भूकम्प गएको थियो । तर अधिकांशले सुरुमा गएको उक्त भूकम्पलाई बिर्सिए । सोही स्तरको विपद् रोक्न भनेर सन् २०११ मा चेतावनी प्रणाली तयार पारियो । जापानको मौसम विभागले सो प्रणाली प्रयोग गरेको बिहीबार पहिलो पटक थियो । यसमा सबैलाई पूर्व तयारी गर्न भनिएको थियो । सुरक्षित आश्रय स्थलमा जाऊ भनेर कसैलाई पनि भनिएको थिएन । अर्को महाविनाशकारी भूकम्प जाने सम्भावना सामान्यतः भन्दा उच्च बनेको छ । तर यसको अर्थ अर्को महाविनाशकारी भूकम्प जान्छ भन्ने चाँहि नभएको जेएमएले भनेको छ ।

आवश्यक परेमा पूर्व तयारीका लागि किशिदाले आफ्नो विदेश भ्रमण नै रद्द गरे । पहिलो पटक यस्तो खालको एड्भाइजरी जारी भएकोले मानिसहरू चिन्तित बनेका पो छन् कि भन्ने उनको भय थियो । तर सरकारले अलि बढी नै गरेको मासायो ओशिहो भन्छिन् । सो एड्भाइजरी उपयोगी छैन भनेर गलर बताउँछन् ।

त्यसो भए किन जारी गरियो अलर्ट ?

उक्त प्रणालीबाट चेतावनी वा सानो खालको अलर्ट पठाउन सकिन्छ । बिहीबारको चाँहि चेतावनी थियो । मानिसहरूलाई सुरक्षित स्थलमा पुग्न अघिको पूर्व तयारी गर्न सुझाव दिइएको थियो । यसले काम पनि गर्‍यो । मानिसहरू एक क्षण भएपनि टक्क अडिएर के रहेछ भनेर घोत्लिए । कोची प्रिफेक्चरका नगरपालिकाले शुक्रबार बिहानसम्म ७५ ओटा आश्रय स्थल तयार पार्‍यो ।  पहिला नै खुलेका आश्रय स्थलको अवस्था चेकजाँच गर्ने काम भयो । थर्मल ऊर्जा केन्द्र इमर्जेन्टी अलर्टमा रहे । वृद्ध वृद्धा र अन्यलाई स्वैच्छिक रूपमा सुरक्षित स्थानमा जान भनियो । पश्चिम जापानको वाकायामा प्रिफेक्चरले स्थानीय नगरपालिकाहरूको सहयोगमा इभ्याकुएशन रुट तयार पार्‍यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धुलोरहित सडक अभियानमा काठमाडौं महानगर, ढल, सडक मर्मत, कालोपत्रे धमाधम
सिराहामा डाँका समूहको गोली प्रहारबाट बुबा–छोरा गम्भीर घाइते
अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ
मेलाबाट फर्किँदै गरेका युवकमाथि गो*ली प्र*हार, आरोपी तत्कालै पक्राउ
महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् एन्जिला
३ दिनमा सर्लाहीसहित यी ९ जिल्लामा बाढीको ठूलो सम्भावना, सतर्कता अपनाउनुहुन अनुरोध
किसानका लागि खरिद गरिएको सामग्री गोदाममै थन्कियो
गलत विचारका आधारमा वाम एकता हुन सक्दैन : प्रधानमन्त्री
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
कसरी सुरु भयो सोमबार व्रत बस्ने चलन ?