बाढीले बगाएर बेपत्ता भएका रमेशको शव फेला

nepaltathya_news nepaltathya_news
|
बिहिबार, श्रावण १७, २०८१
|
|
१३ पटक हेरिएको
Shares

सारांश

  •   १७ साउन, भोजपुर ।
  • बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ ।
  • भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका-४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारा बर्दिया गाउँपालिका-३ का ३० वर्षीय रमेश थारुको शव अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिम्सिनाले जानकारी दिए ।

 

१७ साउन, भोजपुर । बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ ।

भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका-४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारा बर्दिया गाउँपालिका-३ का ३० वर्षीय रमेश थारुको शव अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिम्सिनाले जानकारी दिए । इखुवा खोलाको बाढीले मङ्गलबार इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको थियो । थारुसँगै बगेका २६ वर्षीय श्यामकुमार थारु हालसम्म बेपत्ता छन् । उनको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक तिम्सिनाले बताए ।

यस्तै बाढीमा परेका २६ वर्षीय रामकिसन थारुको भने स्थानीयले उद्धार गरेका थिए । बेपत्ताको खोजी गर्न प्रहरी चौकी चौकीडाँडा, इलाका प्रहरी कार्यालय दिङ्ला तथा सशस्त्र प्रहरी बलको अस्थायी बेश क्याम्प चौकीडाँडाको टोली खटिएको छ । यसैबीच मङ्गलवार राति आएको बाढीले षडानन्द नगरपालिका-२ मा दुई घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक श्रेष्ठका अनुसार स्थानीय चित्रबहादुर दर्जी र निर्मला राईको घर बाढीले बगाएको हो । बाढीले बगाएका चित्रकी श्रीमती ६५ वर्षीया चन्दकुमारी दर्जीलाई स्थानीयवासीले उद्धार गरेका थिए । बाढीले एक तले घर र गोठ बगाउँदा रु ६ लाख बरावरको क्षति भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

बाढीले गोरु, बाख्रा र कुखुरा पनि बगाएको छ । घर बगाएपछि ६ जनाको परिवार बिचल्लीमा परेको छ । उनीहरुलाई स्थानीय महेन्द्र राईको घरमा बस्दैआएका छन् । बाढीले निर्मलाको घर, रु ५० हजार, चार तोला सुन, ६ तोला चाँदी र घर भित्र रहेको सम्पुर्ण सामान बगाएको प्रहरीले जनाएको छ । उनको करिब रु १० लाख बरावरको क्षति भएको छ । निर्मलाको परिवार स्थानीय राम राईको घरमा बस्दैआएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेको प्रश्न : सहकारीका ठगहरूलाई कारबाही गर्न कसले रोकेको छ ?
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित बन्न सकेनः सांसद ढकाल
लोकप्रिय बन्दै लोक गायक रविराज‌ शाहको छठ गीत “कवना घाटे अवना जवना”
देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै
सर्लाहीमा जेनजी आन्दोलनबाट ६३ करोड ५५ लाख बराबरको क्षति
एक अर्ब २१ करोड हिनामिना गरेको आरोपमा कालभैरव सहकारीका सञ्चालक पक्राउ
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले त्यागे सीके राउत नेतृत्वको जनमत
लागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ जना पक्राउ
जापानी सहयोगका विषयमा ऊर्जामन्त्रीले गरे राजदूतसँग छलफल