कांग्रेस छिन्नभिन्न नभई एकजुट हुनुपर्छ :प्रदिप पौडेल

nepaltathya_news nepaltathya_news
|
मंगलबार, चैत्र १७, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   १७ चैत,काठमाडौं ।
  • नेपाली कांग्रेसमा महामन्त्री प्रदीप पौडलले एकताकै बलमा काङ्ग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व सफलतामा हासिल गरेको भन्दै पुनः एकजुट हुन अपिल गरेका छन् ।
  • मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले अहिलेको प्रतिकुलतामा पनि कांग्रेस छिन्नभिन्न भएर बिग्रन नहुने भन्दै सबै नेता तथा कार्यकर्ताहरुलाई एकजुट हुन आग्रह गरे ।

 

१७ चैत,काठमाडौं ।

नेपाली कांग्रेसमा महामन्त्री प्रदीप पौडलले एकताकै बलमा काङ्ग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व सफलतामा हासिल गरेको भन्दै पुनः एकजुट हुन अपिल गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले अहिलेको प्रतिकुलतामा पनि कांग्रेस छिन्नभिन्न भएर बिग्रन नहुने भन्दै सबै नेता तथा कार्यकर्ताहरुलाई एकजुट हुन आग्रह गरे ।

उनले लेखेका छन्,‘देशका हरेक संकटमा नेपाली काङ्ग्रेस सँगै रह्यो, एकजुट रह्यो । त्यो एकताकै बलमा काङ्ग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गर्यो र सफलता पनि हासिल गर्यो । यसकारण अहिलेको प्रतिकुलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न ।  म पार्टी महामन्त्री मात्र नभै एक इमान्दार कार्यकर्ता भएर भन्दैछु– हामी सबै एकजुट होऔं ! नेपाली काङ्ग्रेसका सबै नेता कार्यकर्तामा एकतामा नै शक्ति छ, र यसैको बलमा नै हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौं ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दसैंमा ससुराली आएका ज्वाईंको नदीले बगाएर मृत्यु
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
राजावादी प्रदर्शनअघि एआईजीको निर्देशन– मानवअधिकारको ख्याल गरियोस्
एनपिएलको मार्की तय, खेलाडीले जनही २० लाख पाउने
सगरमाथा आरोही पहिलो महिला प्रहरी कुन्जाङलाई सईको दर्ज्यानी चिन्ह
डिजल र मट्टीतेलको मूल्य बढ्यो, कति पुग्यो ?
सरकारलाई बद्नाम गर्ने र झुटलाई फैलाउनेहरु सक्रिय भएका छन् : ओली
एसईई: सिराहामा नेपाली विषयको प्रश्नपत्र बाहिरियो
अपशब्द र साम्प्रदायिक रूपमा दुर्व्यवहार गर्ने नक्कली डीएसपी पक्राउ
व्यवसायी लामामाथि आक्रमण गरेको अभियोगमा थप एक जना पक्राउ