व्यवसायी लामामाथि आक्रमण गरेको अभियोगमा थप एक जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
आइतबार, मंसिर २, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २ मंसिर, काठमाडौँ- प्रहरीले काठमाडौँको लाजिम्पाटस्थित पानी पोखरीमा घरजग्गा व्यवसायी नुवाकोटको ककनी गाउँपालिका- ६ घर भई टोखा नगरपालिका- ३ ग्राण्डी बस्ने ३५ वर्षीय विक्रम लामामाथि आक्रमण गरेको अभियोगमा थप एक जनालाई पक्राउ गरेको छ ।
  • पक्राउपर्नेमा गोरखाको फुजेल घर भएका निश्चल सुनार रहेका र निजलाई जिल्ला प्रहरी कार्यालय झापासँगको समन्वयमा आज पक्राउगरी काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
  • उनले भने,’गत कात्तिक ११ गते घरजग्गा व्यवसायी लामामाथि आक्रमण गरेको आरोपमा निजलाई झापाबाट पक्राउ गरी आज काठमाडौँ ल्याएका छौँ ।

 

२ मंसिर, काठमाडौँ- प्रहरीले काठमाडौँको लाजिम्पाटस्थित पानी पोखरीमा घरजग्गा व्यवसायी नुवाकोटको ककनी गाउँपालिका- ६ घर भई टोखा नगरपालिका- ३ ग्राण्डी बस्ने ३५ वर्षीय विक्रम लामामाथि आक्रमण गरेको अभियोगमा थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा गोरखाको फुजेल घर भएका निश्चल सुनार रहेका र निजलाई जिल्ला प्रहरी कार्यालय झापासँगको समन्वयमा आज पक्राउगरी काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने,’गत कात्तिक ११ गते घरजग्गा व्यवसायी लामामाथि आक्रमण गरेको आरोपमा निजलाई झापाबाट पक्राउ गरी आज काठमाडौँ ल्याएका छौँ ।’

लामालाई आक्रमण गरेको आरोपमा प्रहरीले यसअघि शैलेन्द्र तामाङ उर्फ मार्सल पक्राउ परेका र मार्सललाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । अदालतको आदेशले मार्सल थुनामा गएको प्रहरीले जनाएको छ । लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा विक्रमलाई गत कात्तिक ११ गते चार जनाको समूह मिलेर रड प्रहार गरेर निर्घात कुटपिट गरेको सिसीटिभी फुटेजमा देखिएको प्रवक्ता एवं प्रहरी उपरीक्षक अधिकारीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको सचिवालय बैठक आज बस्दै
ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न
लोकसेवाबाट एकै पटक ५ सय चिकित्सक ल्याउन क्याबिनेटबाट स्वीकृति लिएका छौं : स्वास्थ्यमन्त्री
ट्रकले स्कुटरलाई ठक्कर दिँदा २६ वर्षकी युवतीको मृ*त्यु
बागमती प्रदेशसभाको बैठक बस्दै
श्रीमतीको ह*त्यापछि सिधै नख्खु कारागार फर्किएका थिए सन्तबहादुर
आईटी क्षेत्रमा बहस हैन, एक्सन लिने समय भयो : गगन थापा
राष्ट्रिय टोलीको जर्सी प्रायोजकको खोजीमा क्यान
राष्ट्रियसभा सदस्य निर्वाचन : आज उम्मेदवारविरुद्ध दाबी विरोध र उजुरी दिन सकिने
जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव : २० लाख दर्शनार्थी सहभागी