डिजल र मट्टीतेलको मूल्य बढ्यो, कति पुग्यो ?

nepaltathya_news nepaltathya_news
|
शनिबार, मंसिर १, २०८१
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  •   १ मंसिर, काठमाडौं ।
  •  नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मूल्य बढाएको छ ।
  • निगमको शुक्रबार  बसेको सञ्चालक समितिको बैठकले डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

 

१ मंसिर, काठमाडौं ।  नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मूल्य बढाएको छ । निगमको शुक्रबार  बसेको सञ्चालक समितिको बैठकले डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

निगमले बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । नयाँ मूल्य अनुसार अब काठमाडौँमा डिजल तथा मट्टीतेलको प्रति लिटर १५३ रुपैयाँ पर्ने भएको छ ।

निगमले भारतको इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्यमा पेट्रोलमा प्रतिलिटर ३२ पैसा तथा डिजल मट्टीतेलमा प्रति लिटर २ रुपैयाँ ५४ पैसा बढेर आएको जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?