अपशब्द र साम्प्रदायिक रूपमा दुर्व्यवहार गर्ने नक्कली डीएसपी पक्राउ

nepaltathya_news nepaltathya_news
|
सोमबार, फाल्गुन ७, २०८०
|
|
११ पटक हेरिएको
Shares

सारांश

  • ७ फागुन, काठमाडौं ।
  • काठमाडौंमा कार चलाइरहेका मधेसी युवालाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन।
  • शनिबार राति काठमाडौँ उपत्यका लाजिमपाट सडक अन्तर्गत राति १० बजे १ जना व्यक्तिले अर्को गाडीमा सवार दम्पतिलाई अबद्र व्यवहार गरेको पाइएको थियो ।

७ फागुन, काठमाडौं । काठमाडौंमा कार चलाइरहेका मधेसी युवालाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन।

शनिबार राति काठमाडौँ उपत्यका लाजिमपाट सडक अन्तर्गत राति १० बजे १ जना व्यक्तिले अर्को गाडीमा सवार दम्पतिलाई अबद्र व्यवहार गरेको पाइएको थियो । दुर्व्यवहारको भिडिओसहित समाचार प्रकाशन भएपछि ती व्यक्ति पक्राउ परेका हुन् । उनी धनगढी घर भई काठमाडौं बस्ने प्रवीण श्रेष्ठ हुन् । उनलाई पक्राउ गरिएको दरबारमार्ग प्रहरीले जनाएको छ ।  पीडित बिरगंज घर भई कुलेश्वर बस्ने अंकित गुप्ता हुन् । उनले दिएको जाहेरीको आधारमा प्रवीण श्रेष्ठ पक्राउ परेको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रवीण श्रेष्ठले अंकित गुप्ताको नागरिकता माग्दै दुर्व्यवहार गरेका थिए । गाडी चलाउँदै गर्दा लाजिम्पाटको होटल साङ्ग्रिला अगाडी दुईबीच भेट भएको थियो । ओभरटेक गरेको भन्दै प्रवीण श्रेष्ठले अंकित गुप्तालाई वाक्यपिच्छे अपशब्द बोल्दै धम्काएका थिए । प्रवीण श्रेष्ठले आफू प्रहरीको डीएसपी भन्दै धम्क्याएका थिए । उनले भनेका थिए, ‘‘नेपाली नागरिकता छ कि छैन ? मेरो गाडी ठोक्किएको भए तैँले तिर्छस् ? आइडी हेर्छस् डीएसपीको ? लगेर थुन्दिऊँ ?’’

उनले आफूलाई डीएसपी भएको बताए पनि सर्वसाधारण भएको प्रहरीले जनाएको छ । ‘‘धनगढीका प्रविन श्रेष्ठ स्थानीय कांग्रेस नेताको छोरा रहेको खुलेको छ । उनी प्रहरी होइनन् ।’’ पक्राउ परेका प्रवीण श्रेष्ठलाई अभद्र व्यवहार कसुरका साथै मधेसी समुदायप्रति घृणा वा द्वेष फैलाएको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले धम्क्याएको भिडिओ फेसबुकलगायत सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरमा लुटिएको प्रहरीको पेस्तोल जंगलमा भेटियो, लागुऔषध तस्करीको टोली फरार
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन
उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले सात पुल बगायो, डेढ करोड बढीको क्षति
प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सारियाे
कारागारभित्रै थुनुवाको मृत्यु
सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?
मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.लाभद्वारा पदभार ग्रहण
सर्वदलीय बैठक : सभामुखको निर्वाचन २२ गते हुने
एक घण्टामै साढे ८ अर्बको सेयर कारोबार, नेप्सेले नाघ्यो २९००