Nepal No 1 Online News Portals News site -Nepaltathya.com
शनिबार, ५ बैशाख २०८३, १६ : १८ : ३७ | Apr 18, 2026

उज्यालो नेपाल पार्टीले अब सडकबाट सरकार चलाउने छ : कुलमान घिसिङ

nepaltathya_news nepaltathya_news
|
बुधबार, चैत्र ११, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ११ चैत,काठमाडौं ।
  • कुलमान घिसिङले उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार सञ्चालन गर्ने बताउँदै राजनीतिक अभियानलाई थप सशक्त बनाउने घोषणा गरेका छन्।
  • उज्यालो नेपाल पार्टी द्वारा बुधबार काठमाडौंमा आयोजित बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा उनले देशको स्थायित्व र समृद्धिका लागि जनताले दिएको करिब दुई तिहाइ बहुमतको अभिमत सबैले स्वीकार गर्नुपर्ने धारणा राखे।

११ चैत,काठमाडौं ।

कुलमान घिसिङले उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार सञ्चालन गर्ने बताउँदै राजनीतिक अभियानलाई थप सशक्त बनाउने घोषणा गरेका छन्। उज्यालो नेपाल पार्टी द्वारा बुधबार काठमाडौंमा आयोजित बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा उनले देशको स्थायित्व र समृद्धिका लागि जनताले दिएको करिब दुई तिहाइ बहुमतको अभिमत सबैले स्वीकार गर्नुपर्ने धारणा राखे।

उनले भने,‘चुनावबाट अत्यधिक मतले करिब दुई तिहाइको बहुमत एउटा पार्टीलाई दिएको छ । उज्यालो नेपाल पार्टीलाई सडकमा बसेर सरकार चलाउनु भनेर म्यानडेट दिएको छ । सडकको सरकार उज्यालो नेपाल पार्टी हुने छ, हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं।’ घिसिङका अनुसार पार्टी गठनको तीन महिनाभित्रै चुनावमा सहभागी हुनुपर्ने अवस्था आएको थियो। त्यस क्रममा अर्को दलसँग सहमति गर्दा केही अलमल भए पनि देशभर उम्मेदवारी दिन सफल भएको उनले बताए। चुनाव हार्दा पनि जितेको पार्टी उज्यालो पार्टी रहेको उनको दाबी छ ।

‘पार्टी गठन गरेको तीन महिनाभित्र चुनावमा भाग लिनुपर्ने अवस्था आयो । त्यो समयभित्र पनि बीचमा अर्को पार्टीसँग सहमति गरेपछि त्यहाँपनि अलमल भयौं । छोटो समयमा पनि देशैभरी उम्मेदवारी दिन भने सफल भयौं । जित्न नसक्दा पनि हारेर पनि जितेको उज्यालो पार्टी हो । देश पनि जितेको छ । उज्यालो पार्टी पनि जितेको छ’ उनले भने । कार्यक्रममा उनले सातै प्रदेशमा भेला सम्पन्न भएपछि जिल्ला, पालिका र वडा तहसम्म संगठन विस्तार गर्ने योजना रहेको पनि जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीका आरोपमा विराटनगरबाट पक्राउ
मौसम सम्बन्धी जानकारीका लागि पूर्वअनुमान र सूचना प्रणाली आधुनिक बनाउन जरुरी छ : मन्त्री सिन्हा
तीन सवारीसाधन एक आपसमा ठोक्किदा चालकसहित सात जना घाइते
धवल शमशेरमाथि फौजदारी अभियोगमा अनुसन्धान
शिक्षकको सडक आन्दोलन आजबाट फिर्ता
पर्यावरण संरक्षण अभियानको आज दोस्रो सप्ताह (भिडियोसहित)
आफूलाई मधेसका मसिहा ठान्ने दलहरूबाट अब मधेसी जनताको मुक्ति सम्भव छैन : प्रचण्ड
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै
गौरी कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद २० दिन थप
अपडेट : चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृ*त्यु, १८ जना घाइते

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...