कुटपिट गरी आफ्नै श्रीमतीको हत्या

nepaltathya_news nepaltathya_news
|
आइतबार, भाद्र २, २०८१
|
|
११ पटक हेरिएको
Shares

सारांश

  • २ भदौ , जलेश्वर :  महोत्तरी गाउँपालिका–१ सोनुखडामा कुटपिटबाट श्रीमतीको हत्या भएको छ।
  • स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ श्रीमती वर्षीया रोशना खातुनलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेल बताए।
  •   श्रीमतीसँगको घरायसी  झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए।

२ भदौ , जलेश्वर :  महोत्तरी गाउँपालिका–१ सोनुखडामा कुटपिटबाट श्रीमतीको हत्या भएको छ।

स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ श्रीमती वर्षीया रोशना खातुनलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेल बताए।  श्रीमतीसँगको घरायसी  झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए।  समयमै उपचार नहुँदा  निजको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ। घटनापछि फरार भएका हबिबको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?