धवल शमशेरमाथि फौजदारी अभियोगमा अनुसन्धान

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र १७, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १७ चैत, काठमाडौँ ।
  • सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शमशेर जबरालाई फौजदारी अभियोगमा पक्राउ गरेको खुलेको छ ।
  • जबरा प्रतिनिधि सभा सदस्य हुन् ।

 

१७ चैत, काठमाडौँ ।

सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शमशेर जबरालाई फौजदारी अभियोगमा पक्राउ गरेको खुलेको छ । जबरा प्रतिनिधि सभा सदस्य हुन् । उनी पक्राउ परेको सूचना नेपाल प्रहरीले सभामुख देवराज घिमिरे र संघीय संसद् सचिवालयलाई दिइसकेको छ । जहाँ फौजदारी अभियोगमा पक्राउ परेको उल्लेख छ ।

शुक्रबारको तिनकुने क्षेत्रमा राजावादीले प्रदर्शन गरेका थिए । त्यसक्रममा भएको हिंसात्मक गतिविधिको विवरण समेत उल्लेख गरेर संसद सचिवालयलाई सूचना दिइएको छ । जहाँ प्रहरीले जबरामाथि फौजदारी अभियोगमा अनुसन्धान भइराखेको उल्लेख छ । नेपालको संविधानको धारा १०३ मा सांसद पक्राउ परेपछि त्यसको सूचना सभामुख र संसद सचिवालयलाई दिनुपर्ने व्यवस्था छ । संघीय संसदको कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गर्न नपाइने उल्लेख छ ।

तर, फौजदारी अभियोगमा पक्राउ गर्न भने संविधानले रोकेको छैन । ‘कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानुन बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ,’ संविधानको धारा १०३ को उपधारा ६ मा उल्लेख छ । यसअनुसार सभामुखले धवल पक्राउ परेकोबारे संसदलाई जानकारी समेत गराउँदैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा एमालेको सचिवालय बैठक बस्दै
प्रचण्डलाई रघुजी पन्तको जबाफ- तपाईंलाई नचाहिए प्रमुख प्रतिपक्षी दलको नेता जनार्दनलाई दिनुस्
कांग्रेस निवर्तमान सांसदहरूको सर्वोच्च जाने कार्यक्रम स्थगित
गौशाला धर्मशाला विवादः खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रीको निर्देशन
कांग्रेस, एमाले र माओवादीका कारण देशको अवस्थामा परिवर्तन हुन सकेन : बाबुराम भट्टराई
गर्मी बढेपछि सल्यानका दुई पालिकाले गरे विद्यालय बन्द
आज विश्व ध्यान दिवस मनाइँदै
जनकपुरमा आज नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा
दाङको तुलसीपुरबाट भारत तीर्थ यात्रा गएको गाडी दुर्घटनामा ४ जनाको मृत्यु
ललितपुर महानगरको नयाँ प्रशासकीय भवन उद्घाटन, सेवा अझै प्रभावकारी हुने