मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै

nepaltathya_news nepaltathya_news
|
आइतबार, फाल्गुन ६, २०८०
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ६ फागुन, जनकपुरधाम ।
  • मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् ।
  • गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन् ।

६ फागुन, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् ।

गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने प्रयोजनका लायिग आज दिउँसो २ बजे मधेश प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका निमित्त सचिव अरुण कुमार झाले जानकारी दिए । मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने भनेर मधेश प्रदेशसभा सचिवालयलाई गत बिहीबार नै पत्र पठाएका थिए । जसपाका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री बनेयता यादवले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो ।

मधेशमा १०७ प्रदेश सभा सदस्यहरुमध्ये यादवले विश्वासको मत पाउन ५४ सदस्यको समर्थन आवश्यक छ । जसपासहित, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको समर्थन रहेकाले उनी सहज अवस्थामा छन् । नेपाली कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९-९ र एकीकृत समाजवादीका ७ जना सांसद छन् । यी सबैले विश्वासको मत दिए भने मुख्यमन्त्रीको पक्षमा ६५ मत पुग्छ ।

मधेशको सबैभन्दा ठूलो दल नेकपा एमालेका २३ र जनमत पार्टीका १३ सांसद छन् । राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका १/१ सांसद छन् । लोसपा संसदीय दलका नेता अभिराम शर्मा भने महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजायँ पाएकाले निलम्बित छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनगढीमा मृत भेटिएकी युवतीको ह*त्या आशंका, तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु
पदको दुरूपयोग नगरी बजेट विनियोजन गरेका छौँ : गृहमन्त्री
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक
सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
विदेशीहरूको पक्षपोषण गर्ने यो संविधान खारेज गर्नुपर्छ : प्रभु साह
उच्चस्तरीय जाँचबुझ आयोगले जेनजी प्रदर्शनमा खटिएका प्रहरीहरूसँग बयान लिँदै
रास्वपाले आज बालुवाटारमा विरोध प्रदर्शन गर्दै
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय
आज एकै दिन ७ हजार ९ सयले घट्यो सुनको मूल्य, तोलाको कति पर्छ ?
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु