एभरेस्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र ८, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  •   ८ चैत, महोत्तरी ।
  • महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेस्ट चिनी उद्योगले उखु अभाव हुँदा चालू आर्थिक वर्षमा क्रसिङ लक्ष्य हासिल गर्न सकेन ।
  • यस याममा ८९ दिन मात्र उखु क्रसिङ गरिएकामा २८ लाख ५३ हजार १७८ क्विन्टल क्रसिङ भएको उद्योगले जनाएको छ ।

 

८ चैत, महोत्तरी ।

महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेस्ट चिनी उद्योगले उखु अभाव हुँदा चालू आर्थिक वर्षमा क्रसिङ लक्ष्य हासिल गर्न सकेन । यस याममा ८९ दिन मात्र उखु क्रसिङ गरिएकामा २८ लाख ५३ हजार १७८ क्विन्टल क्रसिङ भएको उद्योगले जनाएको छ ।

यो, उद्योगले राखेको लक्ष्यभन्दा दुई लाख ४७ हजार ८२२ क्विन्टल कम हो । उद्योगले यस याममा ३१ लाख क्विन्टल उखु क्रसिङको लक्ष्य राखेको थियो । “हामीले ३१ लाख क्विन्टल उखु क्रसिङको लक्ष्य राखेका थियौँ । तर, उखु पर्याप्त नपाइँदा यो लक्ष्य हासिल गर्न सकेनौँ,” उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाले भने, “उखुको अभावले कैयौँपटक क्रसिङ रोक्दै चलाउँदै गर्नुपर्‍यो ।”  उद्योगले गत पुस ७ गते थालेको क्रसिङ गत बिहीबारसम्म सञ्चालन गरेको थियो । उद्योगले पछिल्ला तीन/चार वर्षयताउखुको भुक्तानी प्रक्रिया सरल बनाए पनि उखुखेती बढ्न सकेको छैन । एक दशकअघि १५ हजार बिघामाथि रहेको उखुखेती चार वर्षअघि झरेर पाँच/६ हजार बिघामा खुम्चिएको छ । त्यसअघिका वर्षमा भुक्तानी झन्झटिलो हुँदा खेती गर्न छाड्दै गएका किसानले पछिल्ला तीन वर्षयता यो प्रक्रिया सरल बनाउँदै लगेपछि क्रमशः खेती बढाउँदै लगेका छन् ।

हाल करिब नौ हजार बिघामा उखुखेती हुने गरेको उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले जानकारी दिए । “उद्योगले भुक्तानी प्रणाली सरल बनाएपछि खेती गर्ने किसानको संख्या केही बढेको छ । तर, मूल्य निर्धारण र अनुदानमा भने किसान समस्यामा छन्,” उनले भने, “यही समस्या समाधान नहुँदा किसानमा उत्साह जाग्न सकेको छैन ।” उखु किसानका प्रतिनिधि संस्थाले उद्योग, सरकार र आपूmसहितको सहभागितामा प्रत्येक वर्ष कात्तिक मसान्तभित्र उखुको मूल्य निर्धारण भइसक्नुपर्ने र अनुदान बढाउन पर्ने माग गर्दै आएका छन् । सरकारले किसानका प्रतिनिधिलाई खोज्दै नखोजी एकपक्षीय रूपमा मूल्य निर्धारण गर्दै आएको कुशवाहाको गुनासो छ । यो मूल्य निर्धारण पनि बाली तयार भइसकेपछि किसानलाई कमजोर बनाएर हुँदै आएको उनले धारणा राखे ।

यो अवस्थाले खेती बढ्न नसक्दा किसान र उद्योग दुवैलाई मर्का परेको कुशवाहाले जानकारी दिए । “किसानले उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ माग गरे पनि सरकारले उखुको मूल्य ६२० र अनुदान ७० गरी ६९० रुपैयाँ कायम गरेको छ । यो बढ्दो खेतीको लागत र आममूल्यवृद्धिको अनुपातमा कम हो,” उनले भने । चिनी उद्योगले उखुको भुक्तानी तौल भएको दुई साता ननाघ्दै दिँदै आएको जनाएको छ । पछिल्लो एक साता (फागुन २७ देखि चैत ५) सम्मको मात्र उखुको भुक्तानी बाँकी रहेको उद्योगका महाप्रबन्धक शुक्लाले बताए । केही दिनभित्रै भुक्तानी गरिसक्ने उद्योगले जनाएको छ ।

फागुन २६ गतेसम्म तौल भएका २६ लाख ३२ हजार क्विन्टल उखुको एक अर्ब ६२ करोड भुक्तानी किसानका बैंक खातामा गइसकेको उद्योगका महाप्रबन्धक शुक्लाले जानकारी दिए । उनका अनुसार, यो भुक्तानी रकम एक हजार १७४ किसानले पाएका छन् । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार नसुध्रिए जनताले देश बंगलादेश र श्रीलंका बनाउँछन् : राप्रपा सांसद सिहं
यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर
बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिने
राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
धनुषामा गोली हानेर लागूऔषध कारोबारी पक्राउ
दुई गम्भीर गर्भवतीको शल्यक्रिया पछि डा. यादवले गरे रक्तदान
पीडितलाई अन्याय हुन नदिने मन्त्री खरेलको प्रतिबद्धता
विदेशमा पढ्न नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
पलेसालाई साइमेक्सको डल्फीन कार उपहार
त्रिवेणी सिन्थेटिकले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौताको पहिलो किस्ता