आज १२ औं राष्ट्रिय कृषक दिवस मनाइँदै

nepaltathya_news nepaltathya_news
|
आइतबार, जेठ २७, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २७ जेठ, काठमाडौं ।
  • आज राष्ट्रिय कृषक दिवस मनाइँदै छ ।
  • देशभरका किसानको सम्मान, समस्या र कृषि क्षेत्रको अवस्था सुधारका लागि वर्षेनी जेठ २७ गते कृषक दिवस मनाउने गरिन्छ ।

 

२७ जेठ, काठमाडौं । आज राष्ट्रिय कृषक दिवस मनाइँदै छ । देशभरका किसानको सम्मान, समस्या र कृषि क्षेत्रको अवस्था सुधारका लागि वर्षेनी जेठ २७ गते कृषक दिवस मनाउने गरिन्छ ।

१२ औं कृषक दिवसमा अवसरमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । दिवसका अवसरमा उत्कृष्ट किसानलाई सम्मानका साथै हौसला प्रदान गरिदै आइएको छ । सरकारले २०८१ देखि ०९१ को अवधिलाई कृषिमा लगानी दशकसमेत घोषणा गरेको छ । २०७० सालदेखि कृषक दिवस मनाउन थालिए पनि पछिल्लो समय कृषि योग्य जमिन भने बाँझो हुने क्रम बढ्दै गएको छ ।

खेतीपाती गर्ने समूह कृषि क्षेत्रबाट लाभान्वित हुन नसकेपछि वैकल्पिक उपायको खोजीमा रोजगारी खोज्दै बाहिरिन क्रम बढ्न थालेपछि समग्र उत्पादन नै घट्दै गएको छ । कृषिमा वर्षेनी आधा खर्ब रकम विनियोजन हुन थालेपनि किसानसँग प्रत्यक्ष जोडिन नसक्दा सिंगो मुलुकको कृषि नै धराशयी बन्दै गएकोमा सरोकारवालाले चिन्ता गर्न थालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?