कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा जलेर दाजुबहिनीको मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
सोमबार, जेठ १२, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  •   १२ जेठ, बुटवल ।
  • कपिलवस्तुमा आगलागीमा परी दाजुबहिनीको मृत्यु भएको छ ।
  • शुद्धोधन गाउँपालिका-५ जयनगरमा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा जलेर दाजुबहिनीको मृत्यु भएको छ ।

 

१२ जेठ, बुटवल ।

कपिलवस्तुमा आगलागीमा परी दाजुबहिनीको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका-५ जयनगरमा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा जलेर दाजुबहिनीको मृत्यु भएको छ । आइतबार साँझ खाना पकाउने क्रममा ग्यासको रेगुलेटर खोल्ने बित्तिकै आगलागी हुँदा १८ वर्षीया सोनम यादव र उनका दाइ २५ वर्षीय शिवकुमार यादव जलेर गम्भीर घाइते भएका थिए ।

उपचारको क्रममा उनीहरुको मृत्यु भएको कपिलवस्तुका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए । मृतक सोनम राष्ट्रिय मावि मुरफुटवामा कक्षा १० मा अध्ययनरत थिइन् । विद्यालयमा सोमबार शोक बिदा दिइएको प्रअ लालचन्द पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडाध्यक्षको निधनको शोकमा तीन दिन राष्ट्रिय झण्डा आधा झुकाइने
संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध छौं- नेपाली सेना
दाइको हत्या आरोपमा भाइ पक्राउ
बंगलादेशका नयाँ प्रधानन्यायाधीशले लिए शपथ
युवा संघको साहित्य सम्मेलन ; वक्तित्वकलामा विनिताले जितिन एक लाख नगद्
रत्नपार्क क्षेत्रमा कडा पारियो सुरक्षा व्यवस्था
सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक
दाउन्नेमा वैशाख ३१ सम्म रातिको समयमा सवारी चलाउन रोक
राष्ट्रियसभा चुनावको उम्मेदवार छनोट गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै