दुई गम्भीर गर्भवतीको शल्यक्रिया पछि डा. यादवले गरे रक्तदान

nepaltathya_news nepaltathya_news
|
मंगलबार, जेठ २२, २०८१
|
|
१३ पटक हेरिएको
Shares

सारांश

  •   सर्लाही- पछिल्लो समय रेफरल सेन्टरको रूपमा आलोचनाको सामना गर्नु परेको प्रादेशिक अस्पताल मलंगवाले अहिले विशेष गरी प्रसूति क्षेत्रमा उल्लेखनीय सुधारका लागी व्यापक प्रशंसा पाइरहेको छ।
  • समर्पण र करुणाको एक प्रेरणादायक प्रदर्शनमा, प्रादेशिक अस्पताल मलंगवाका डा.
  • चिरञ्जीवी यादव र उनका टोलीले आज एक जना गम्भीर गर्भवती महिलाको (LSCS) द्वारा सकुशल सल्यक्रिया गरी गर्भमा रहेको बच्चाको ज्यान जोगाउन सफल भएका छन्।

 

सर्लाही- पछिल्लो समय रेफरल सेन्टरको रूपमा आलोचनाको सामना गर्नु परेको प्रादेशिक अस्पताल मलंगवाले अहिले विशेष गरी प्रसूति क्षेत्रमा उल्लेखनीय सुधारका लागी व्यापक प्रशंसा पाइरहेको छ।

समर्पण र करुणाको एक प्रेरणादायक प्रदर्शनमा, प्रादेशिक अस्पताल मलंगवाका डा. चिरञ्जीवी यादव र उनका टोलीले आज एक जना गम्भीर गर्भवती महिलाको (LSCS) द्वारा सकुशल सल्यक्रिया गरी गर्भमा रहेको बच्चाको ज्यान जोगाउन सफल भएका छन्। शल्यक्रिया गर्दै गर्दा एक जना विरामी लाई रगतको आवश्यकता छ सुनेपछि उनले खाँचोमा परेका बिरामीलाई बचाउन आफ्नै रगत दान गरेका छन्।

सोमबार साँझ, डा. यादवले सफलतापूर्वक दुईवटा ब्याक-टू-प्याक आपतकालीन LSCS सल्यक्रिया गरेका छन्। उनी भन्छन्, हाम्रो जिम्मेवारी शल्यक्रिया कक्षभन्दा बाहिर पनि छ। हामीले जीवन बचाउनको लागि आफ्नो शक्तिमा सबै गर्नुपर्दछ।

डेढ बर्ष देखी शैक्षिक करार सेवामा कार्यरत उनले प्रादेशिक अस्पताल भित्र मात्रै पाँच सय भन्दा धेरै LSCS गरिसकेका छन्। दिन भरी खटेका उनले रगत दिनका लागी भने अप्रेशन ड्रेस मै ब्लड बैंक पुगेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?