एकैदिन ७ हजार ८ सयले घट्यो सुनको मूल्य

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, चैत्र ६, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • ६ चैत,काठमाडौं ।
  • साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ७ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

६ चैत,काठमाडौं ।

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ७ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ११५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँ रहेको थियो । यसअघि गत माघ १५ गते सुनचाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । सो दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको थियो ।

उच्च विन्दुसँग तुलना गर्दा हालसम्म सुनको मूल्य करिब ४५ हजार रुपैयाँले घटिसकेको देखिन्छ । बजार विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्य घटबढ हुने गरेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२३ करोडको चेकमा रवि लामिछानेको हस्ताक्षर पुष्टि
लोसपाले निष्काशित गर्‍यो राजेन्द्र महतोलाई
युक्रेनमा यात्रुवाहक बसलाई लक्षित गरी रुसको आक्रमण, ९ जनाको मृत्यु
कल्याणकारी कोषमा अनियमितता: पूर्वप्रमुख सेनानीविरुद्ध डिफ्युजन नोटिस जारी गर्ने तयारी
अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी
मधेशका नवनियुक्त मुख्यमन्त्री प्रहरीको भूमिकाप्रति असन्तुष्टि
विभिन्न भाषाहरु हाम्रा सम्पत्ति भएकाले मर्न दिनुहुँदैन : प्रधानमन्त्री
विमानस्थलमा सुरक्षा व्यवस्था कडा, यात्रु र स्टाफबाहेक अरुलाई प्रवेश निषेध !
रिंकु मृत्यु प्रकरण : वडा सदस्य कारागार चलान, ६ जनासँग धरौटी माग
विधायन व्यवस्थापन समितिको बैठक बस्दै