पर्यटक आउने मुख्य सिजन : एक महिनामै भित्रिए १ लाख २८ हजार

nepaltathya_news nepaltathya_news
|
आइतबार, कार्तिक १६, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १६ कात्तिक, काठमाडौं ।
  • पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय सिजन मानिने अक्टोबर २०२५ मा एक महिनामै १ लाख २८ हजार ४ सय ४३ पर्यटक नेपाल भित्रिएका छन् ।
  • जुन अघिल्लो वर्ष सोही महिनाको तुलनामा ३.

१६ कात्तिक, काठमाडौं ।

पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय सिजन मानिने अक्टोबर २०२५ मा एक महिनामै १ लाख २८ हजार ४ सय ४३ पर्यटक नेपाल भित्रिएका छन् । जुन अघिल्लो वर्ष सोही महिनाको तुलनामा ३.३ प्रतिशत धेरै हो । अक्टोबर २०२४ मा १ लाख २४ हजार ३ सय ९१ पर्यटक आएका थिए । यस महिना अमेरिकी र युरोपेली पर्यटक आगमन उल्लेख्य देखिएको छ । पहिलो नम्बरमा भारतीय देखिए पनि आगमन वृद्धिदरमा अन्य देश अगाडि छन् । भारतबाट अक्टोबरमा १७ हजार २ सय ९८ पर्यटक आएका छन् । अमेरिकाबाट १३ हजार २ सय ८६ आएको तथ्यांक छ । बेलायतबाट ८ हजार ७ सय १८ आएका छन् । ६ हजार ७ सय ५५ पर्यटक सहित चीन चौथो स्थानमा छ ।

त्यस्तै जर्मनीबाट ६ हजार ३ सय ६६ पर्यटक आएका छन् । पर्यटक आगमन अवस्था हेर्दा कुल पर्यटकमध्ये युरोपेलीको हिस्सा ३१.६ प्रतिशत छ । युरोपेली देशबाट ४० हजार ६ सय पर्यटक नेपाल आएका छन् । दक्षिण एसियाली राष्ट्र (सार्क) बाट २२.६ प्रतिशत पर्यटक आएका छन् । भारतसहित ती देशबाट २९ हजार ६० पर्यटक आएका छन् । अन्य एसियाली देशबाट २३ हजार १ सय २७ पर्यटक आएका छन् । अमेरिकी देशबाट १६ हजार ४ सय ७ र ओसियाना क्षेत्रबाट ६ हजार ८ सय १४ पर्यटक आएको देखिन्छ । त्यस्तै मध्यपूर्वी देशबाट ३ हजार ५ सय ४८ पर्यटक आएका छन् । अफ्रिकाबाट ४ सय ४३ जना आएको तथ्यांक छ । अन्य क्षेत्रबाट ८ हजार ४ सय ४४ पर्यटक नेपाल भित्रिएका छन् । जारी शरद ऋतुमा १ सय ७५ टोलीका १ हजार ४ सय ५० आरोहीले अनुमति लिएका थिए । जसबाट सरकारले २५ करोड ५१ लाख रोयल्टी संकलन गरिसकेको छ

१० महिनामा ९ लाख ४३ हजार पर्यटक

सन् २०२५ को १० महिनामा कुल ९ लाख ४३ हजार ७ सय १६ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । यो संख्या अघिल्लो वर्ष यसै अवधिको तुलनामा सामान्य अंकले धेरै हो । २०२४ को १० महिनामा ९ लाख ४१ हजार २४ पर्यटक आएका थिए । १० महिनामा पर्यटक आगमन दृष्टिले पहिलो नम्बरमा भारत छ । भारतबाट २ लाख ४३ हजार ३ सय ५० पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिका छ । १० महिनामा ९३ हजार ९ सय ८५ अमेरिकी नेपाल भ्रमणमा आएका छन् । तेस्रो स्थानमा चीन छ । त्यहाँबाट ७८ हजार ९ सय २९ जना आएका छन् ।

बेलायतबाट ४७ हजार २ सय ६१, बंगलादेश ४५ हजार २ सय ८७, अस्ट्रेलिया ३८ हजार ९ सय ८४, श्रीलंका ३२ हजार १ सय ३७, जर्मनी २४ हजार ८ सय ४१, थाइल्यान्ड २२ हजार २ सय ६१ र दक्षिण कोरियाबाट १९ हजार ३ सय २९ जना आएको बोर्डको तथ्यांक छ । यस वर्ष १० महिनामा कुल पर्यटकमध्ये दक्षिण एसियाबाट ३५.८ प्रतिशत (३ लाख ३७ हजार ५ सय ११) र एसियाका अन्य देशबाट २०.९ प्रतिशत (१ लाख ९७ हजार २ सय ९६) पर्यटक आएको देखिन्छ । त्यस्तै युरोपेली देशबाट १९.१ प्रतिशत (१ लाख ८० हजार १ सय ४५) पर्यटक आएको बोर्डले जनाएको छ । अमेरिकी देशबाट १२ प्रतिशत (१ लाख १३ हजार ४ सय ५९), ओसियन क्षेत्रका देशबाट ४.४ प्रतिशत (४१ हजार ९ सय २), अफ्रिकी देशबाट ०.४ प्रतिशत (३ हजार ४ सय ७९) र अन्य क्षेत्रबाट ५.५ प्रतिशत (५१ हजार ५ सय १४) पर्यटक आएको बोर्डको तथ्यांक छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु
जुम्ला चिकित्सा शिक्षा अध्ययनको नयाँ गन्तव्य बन्दै, भारतसहित देशभरका विद्यार्थी पुगे
काठमाडौंमा बढाइयो सुरक्षा सतर्कता, एआईजी तामाङ भन्छन्– निषेधित क्षेत्र तोड्न दिँदैनौं
सोमबारदेखि बन्दीपुर केबलकार १५ दिन बन्द हुने
विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दा विभेद गरिएको प्रभु साहको आरोप
साताको अन्तिम कारोबारमा ५ अंकले घट्यो नेप्से
जिसस काभ्रेका प्रमुख गौतम पक्राउ
राजदेवी मन्दिरमा यस वर्ष १५ हजार २ सय ५१ बोकाको बली
सर्वोच्चको आदेशले सिटिइभिटीका उपाध्यक्ष बराल पदमुक्त
धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ जना घाइते