युक्रेनमा यात्रुवाहक बसलाई लक्षित गरी रुसको आक्रमण, ९ जनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
शनिबार, जेठ ३, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   ३ जेठ, काठमाडौं ।
  • युक्रेनमा रुसले पुन: आक्रमण गरेको छ ।
  • आक्रमणमा परी ९ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएको बीबीसीले लेखेको छ ।

 

३ जेठ, काठमाडौं ।

युक्रेनमा रुसले पुन: आक्रमण गरेको छ । आक्रमणमा परी ९ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएको बीबीसीले लेखेको छ । रुसले उत्तर–पूर्वी युक्रेनको सुमी क्षेत्रमा यात्रुवाहक बसलाई लक्षित गरी आज ड्रोन आक्रमण गरेको हो । सुमी क्षेत्रीय सैन्य प्रशासनका अनुसार उक्त मिनीबस बिलोपिलिया सहरबाट सुमी क्षेत्रीय राजधानीतर्फ गइरहेको थियो । त्यसै बेला रूसी ल्यान्सेट ड्रोनले हमला गरेको हो ।

घटनास्थल रुसको सीमावर्ती क्षेत्रसँग नजिक छ । यो हमला रूस र युक्रेनबीच सन् २०२२ यता पहिलो पटक भएको सीधा वार्ताको केही घण्टापछि भएको हो । युक्रेनले उक्त आक्रमणलाई ‘निरङ्कुश युद्ध अपराध’ भनेको छ । ‘रूसी सेनाले फेरि एकपटक नागरिकमाथि हमला गरेको छ, जसले अन्तर्राष्ट्रिय कानुन र मानवताको सम्पूर्ण मापदण्डलाई तोडेको छ’, युक्रेनको प्रतिक्रिया छ । रूसले भने यस घटनाबारे प्रत्यक्ष टिप्पणी नगरे पनि सरकारी सञ्चार माध्यमहरूले सुमीमा रहेको सैन्य क्षेत्रलाई लक्षित गरिएको दाबी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिने रामहरि खतिवडाको तयारी
अब १८ वर्ष उमेर नपुगी मोटरसाइकल चलाउन नपाइने, लाइसेन्स प्राप्त गर्ने उमेर हद बढाउने तयारी
बर्दियाको समृद्धि विशेष प्राथमिकतामाः अध्यक्ष दाहाल
नीशमले बनाए एनपीएलकै फास्टेस्ट अर्धशतक
क्यानडामाथि नेपालको रोमाञ्चक जित
विद्यालयसहित १४ भन्दा बढी घर बगायो, ७ वटा जोखिममा
सुशीला कार्कीका छोराहरु बनेर काम गर्न तयार छौं: खगेन्द्र सुनार
स्मार्ट लाइसेन्सको डेटा सुरक्षित, पञ्जीकरण विभागको मेसिनबाट छाप्ने तयारी
देशभरका शिक्षक आन्दोलित हुदा ७० लाखभन्दा बढी विद्यार्थीको पढाइ बन्द हुने
ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु