राष्ट्रिय मुक्ति पार्टी नेपालको घोषणापत्र सार्वजनिक

nepaltathya_news nepaltathya_news
|
बुधबार, माघ २८, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • राष्ट्रिय मुक्ति पार्टी, नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
  • पार्टी अध्यक्ष राजेन्द्र महतोले ‘स्वदेशवादीको आह्वान, जाँतो छापमा मतदान’ नारासहित घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
  • “नयाँ नेपाल–साझा नेपाल” निर्माणको संकल्पसहित सार्वजनिक गरिएको घोषणापत्रमा वर्तमान राज्य व्यवस्था, संविधान २०७२ र परम्परागत दलहरूप्रति कडा आलोचना गरिएको छ ।
राष्ट्रिय मुक्ति पार्टी, नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र महतोले ‘स्वदेशवादीको आह्वान, जाँतो छापमा मतदान’ नारासहित घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
“नयाँ नेपाल–साझा नेपाल” निर्माणको संकल्पसहित सार्वजनिक गरिएको घोषणापत्रमा वर्तमान राज्य व्यवस्था, संविधान २०७२ र परम्परागत दलहरूप्रति कडा आलोचना गरिएको छ । पार्टीले नेपाल बहुल–राष्ट्रिय समाज भएको उल्लेख गर्दै एकल राष्ट्रवादी संरचनाले उत्पीडित समुदायको अधिकार कुण्ठित गरेको दाबी गरेको छ ।
घोषणापत्रमा संविधानको पूर्ण पुर्नलेखन गरी बहुल–राष्ट्रिय संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने प्रस्ताव गरिएको छ । सबै आदिवासी, जनजाति, मधेशी, दलित, पिछडा वर्ग तथा अल्पसंख्यक समुदायलाई आत्मनिर्णय, स्वायत्तता र समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गरिने उल्लेख छ ।
पार्टीले एकल राष्ट्रवादको अन्त्य गर्दै साझा राज्य संरचना निर्माण गर्ने, परम्परागत स्वशासन प्रणालीलाई कानुनी मान्यता दिने तथा ग्राम स्वराजमार्फत स्थानीय स्वशासन सुदृढ गर्ने नीति अघि सारेको छ ।
    आर्थिक क्षेत्रमा सामुदायिक भूमि र स्रोत स्वामित्व लागू गरी आर्थिक विषमता घटाउने योजना घोषणापत्रमा समावेश गरिएको छ । सहकारी मोडेलमा आधारित उत्पादन र वितरण प्रणाली, न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षाको ग्यारेन्टी, महिलाको सम्पत्तिमा समान अधिकार, श्रमिक अधिकारको संरक्षण तथा जलविद्युत, खानी र वन स्रोतमा स्थानीय समुदायको पहिलो हक सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
पार्टीले आगामी १० वर्षभित्र नेपालको कुल गार्हस्थ उत्पादन (न्म्ए) ४२ अर्ब डलरबाट ५०० अर्ब डलरसम्म पु¥याउने महत्वाकांक्षी लक्ष्य पनि अघि सारेको छ । जलविद्युत, डिजिटल नवप्रवर्तन, कृत्रिम बुद्धिमत्ता (ब्क्ष्), ब्लकचेन प्रविधि तथा स्वदेशी उत्पादनमा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने रणनीति प्रस्तुत गरिएको छ ।
घोषणापत्रमा जातीय विभेद, छुवाछुत, लैंगिक, धार्मिक र क्षेत्रीय विभेदको पूर्ण अन्त्य गर्ने नीति उल्लेख छ । जातीय श्रेणीविहीन समाज निर्माण गर्ने, दलित उत्पीडनमा संलग्नलाई कडा कारबाही गर्ने तथा राज्यका सबै निकायमा जनसंख्याको अनुपातमा समानुपातिक समावेशिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ ।
महिलालाई सबै क्षेत्रमा ५० प्रतिशत प्रतिनिधित्व, युवालाई रोजगारी र उद्यमशीलताको अवसर, बालअधिकारको प्रभावकारी कार्यान्वयन तथा महिला हिंसाविरुद्ध शून्य सहनशीलता नीति लागू गरिने जनाइएको छ ।
पार्टीले पूर्वीय दर्शन र स्वदेशी ज्ञान प्रणालीमा आधारित शिक्षा नीति लागू गर्ने, आधारभूत तहदेखि योग, ध्यान र आत्मरक्षा तालिमको व्यवस्था गर्ने तथा मातृभाषामा निःशुल्क गुणस्तरीय शिक्षा प्रदान गर्ने नीति अघि सारेको छ ।  नेपालमा बोलिने सबै मातृभाषालाई संविधानको अनुसूचीमा सूचीकृत गर्ने तथा बहुभाषिक सरकारी कामकाज नीति अवलम्बन गरिने उल्लेख         छ ।त्यस्तै स्वच्छ, पारदर्शी र जवाफदेही शासन प्रणाली स्थापना गर्ने प्रतिबद्धतासहित शक्तिशाली जनलोकपाल गठन गर्ने तथा ‘कसैलाई छुट छैन’ नीति अन्तर्गत भ्रष्टाचारविरुद्ध कडा कारबाही गरिने घोषणापत्रमा उल्लेख छ ।
राष्ट्रिय स्वार्थ र स्वाभिमानलाई केन्द्रमा राख्दै भारतसँग विशेष तथा चीनसहित अन्य मुलुकसँग सन्तुलित सम्बन्ध कायम गर्ने नीति पार्टीले अघि सारेको छ । साथै प्लास्टिकमुक्त नेपाल अभियान, हरित अर्थतन्त्र, नवीकरणीय ऊर्जाको प्रवद्र्धन तथा जलवायु न्यायका कार्यक्रम कार्यान्वयन गरिने जनाइएको छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टी एक भएर ‘जाँतो’ चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी भएको अध्यक्ष महतोले जानकारी दिनुभयो ।
घोषणापत्रमा ‘स्वदेशवाद–जिन्दाबाद’, ‘उत्पीडित राष्ट्रियताहरू एक हौँ’ लगायतका नाराहरू समावेश गरिएको छ । पार्टीले आफ्नो एक मतले नेपालको नयाँ इतिहास लेख्ने दाबी गर्दै मतदातालाई जाँतो चिन्हमा मतदान गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्दै
पोखरा महानगरका इन्जिनियर डेढ लाख घुससहित पक्राउ
आइपिएल पुन: सुचारु हुदै, बाँकी खेल यी तीन स्टेडियममा हुनसक्ने
निरन्तर पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध
काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न, १८.४८ प्रतिशत बजेट खर्च
हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु
नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री
बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह
शिक्षक सेवा आयोगको सदस्यमा सुवेदी र सापकोटा नियुक्त
आज थप घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो