पत्रकार महासंघको आन्दोलन घोषणा, अनलाइन मिडिया दर्ता खुलाउन माग

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र ९, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ९  भदौ, काठमाडौ ।
  • नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल सुचारु गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको छ।
  • महासंघको डिजिटल मिडिया विभागले २०८२ भदौ ११ गते सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाउने र भदौ १३ गतेदेखि सूचना विभागमा कालो व्यानरसहित धर्ना दिने निर्णय गरेको छ।

९  भदौ, काठमाडौ ।

नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल सुचारु गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको छ। महासंघको डिजिटल मिडिया विभागले २०८२ भदौ ११ गते सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाउने र भदौ १३ गतेदेखि सूचना विभागमा कालो व्यानरसहित धर्ना दिने निर्णय गरेको छ।

सरकारले छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन संशोधनपछि साउन २० देखि अनलाइन मिडिया दर्ता र नवीकरण बन्द गरेको थियो। महासंघका पदाधिकारीहरूले यसलाई प्रेस स्वतन्त्रता विरोधी र असंवैधानिक कार्य भन्दै विरोध जनाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ