सिन्धुलीमा पिकअप भ्यान दुर्घटना, १३ जना घाइते
सारांश
- १३ असोज, काभ्रेपलाञ्चोक ।
- काठमाडौंबाट सिन्धुलीको गोलन्जर जाँदै गरेको बलेरो पिकअप दुर्घटना हुँदा चालक सहित १३ जना घाइते भएका छन् ।
- जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सेवेदीका अनुसार सुनकोशी गाउँपालिका ६ मरिण डाईभर्सन नजिकै बा २० च ९३१ नम्बरको बलेरो पिकअप बीपी राजमार्गबाट सुनकोसी नदिमा खस्दा चालक सहित १३ जना घाइते भएको जानकारी दिए ।
१३ असोज, काभ्रेपलाञ्चोक ।
काठमाडौंबाट सिन्धुलीको गोलन्जर जाँदै गरेको बलेरो पिकअप दुर्घटना हुँदा चालक सहित १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सेवेदीका अनुसार सुनकोशी गाउँपालिका ६ मरिण डाईभर्सन नजिकै बा २० च ९३१ नम्बरको बलेरो पिकअप बीपी राजमार्गबाट सुनकोसी नदिमा खस्दा चालक सहित १३ जना घाइते भएको जानकारी दिए । पिकअपमा १९ जना यात्रु सवार थिए । घाइतेको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भैरहेको छ । घाइतेहरूको इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरी तथा ससस्त्रको गोताखोर टोलीले उद्धार गरेको थियो । दुर्घटनामा घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ भने ४ जनाको अवस्था मध्यम तथा अन्यको सामान्य रहेको छ ।


प्रतिक्रिया